गाँजर खानुस्, स्वस्थ रहनुहोस् !

काठमाडौं । गाँजर शरीरका लागि एकदमै फाइदाजनक हुन्छ । कतिपय मानिसहरू यसको प्रयोग सलादका रुपमा गर्ने गर्दछन् । जसरी खाएपनि यसमा पाइने खनिज र भिटामिन ‘ए’ ले मानिसको छाला, अनुहार तथा आँखाका लागि एकदमै राम्रो मानिन्छ । यसका साथसाथै, यसबाट प्राप्त हुने खनिज र भिटामिन ‘ए’ ले अनुहार, छाला तथा आँखाको ज्योतिका लागि पनि एकदमै फाइदाजनक छ।

यसबाट प्राप्त हुने भिटामिन बी, सी, क्याल्सियम तथा फाइबरले कोलेस्ट्रोलको मात्रा बढ्न दिँदैन । साथसाथै, दैनिक गाजरको प्रयोगले रुघाखोकीको समस्याबाट पनि टाढा राख्दछ । यस्तै गाजरको प्रयोगले प्रतिरक्षा प्रणाली पनि राम्रो बनाउँछ । जानौं गाजर खादा हुने फाइदाहरू।

–गाजरमा प्रशस्त मात्रामा क्याल्सियम हुनाले हाडहरूको विकास र मजबुतीमा राम्रो भूमिका खेल्दछ।

–गाजर आँखाका लागि पनि एकदमै फाइदाजनक छ । यो भिटामिन ‘ए’ को भण्डार हो । नियमित रुपमा यसको सेवनले चस्माको समस्याबाट मुक्ति पाउन सकिन्छ।

–यसलाई एउटा राम्रो माउथवासको रुपमा पनि लिन सकिन्छ । यसमा हुने क्याल्सियमले दाँत सफा र मजबुत बनाउँछ । यसका साथसाथै यसले गिजाबाट रगत आउन दिँदैन।

–जोर्नी दुखाईको पीडाबाट पनि यसको प्रयोगपछि मुक्त हुन सकिन्छ । गाजर प्राय दैनिक रुपमा प्रयोग गर्ने हो भने यसले शरीरमा क्याल्सियमको मात्रा पूर्ति गरी जोर्नी दुखाई जस्ता हाडसम्बन्धी समस्याबाट मुक्त रहन मद्दत गर्दछ।

–यसमा भिटामिन सी पाउन सकिन्छ । यो एउटा राम्रो एन्टीअक्सिडेन्ट हो जसका कारण यसले शरीरको प्रतिरक्षा चुस्त दुरुस्त राख्दछ।

–मधुमेहका विरामीको रक्तचाप नियन्त्रणका लागि यसको प्रयोग अधिक फाइदाजनक हुन्छ । गाजरमा केरीटेनाइड पाउन सकिन्छ । जुन तत्वले शरीरको चिनीको मात्रालाई नियन्त्रणमा राख्दछ।

–गाजरमा प्रचुर मात्रामा फाइबर हुन्छ जसले पेटको कब्जियत भगाउन राम्रो भूमिका खेल्दछ । गाँजर अलिबेर चपाएर खाने हो भने पेटको कब्जियत भगाउन यसले समय लगाउँदैन।

–यो अनुहार चमकदार बनाउन पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । यसले छाला, अनुहार, कपाल, नङ आदिलाई राम्रो बनाइराख्दछ । भिटामिन ए प्रशस्त हुने भएकाले यस्ता समस्याबाट मुक्ति दिलाउँछ । यसका साथसाथै सूर्यका किरणहरूबाट पनि शरीरलाई बचाउँछ।

–गाजरमा भिटामिन ‘बी’ पनि राम्रो मात्रामा हुन्छ जसले पाचन प्रणालीमा राम्रो भूमिका निर्वाह गर्दछ । खाना खानुभन्दा २० मिनेट अगाडि गाजरको जुस पिउने हो भने पाचनतन्त्र तन्दुरुत हुन्छ। (वीक्ली नेपालबाट)





Comments

comments

12057