पप गायक विष्टको गीतमा ४० वर्षपछि ‘श्रव्यदृश्य’

काठमाडौँ । नेपाली सङ्गीतमा परिचित पप गायक ओमविक्रम विष्टले ४० वर्षअघि शब्द र सङ्गीत दिएको ‘मलाई छोडी दूर नजाउ’ गीतको श्रव्यदृश्य सामग्री सार्वजनिक गरिएको छ ।

पप सम्राट भनेर चिनिने गायक विष्टको उपस्थितिमा सार्वजनिक गरिएको श्रव्यदृश्यको विजयराज भूर्तेलले निर्देशन गरेका छन् । सोही कार्यक्रममा गायक शशी गुरुङको स्वरमा रहेको अर्को श्रव्यदृश्यसमेत सार्वजनिक गरियो । भूषण खरेलको शब्द, जेम्स प्रधानको सङ्गीत रहेको गीतको श्रव्यदृश्यमा जेम्स प्रधानको निर्देशन रहेको छ ।

६७ वर्षीय गायक शशी गुरुङ ४७ वर्षदेखि सङ्गीत क्षेत्रमा संलग्न रहेका छन् । उनले करिब एक सय गीत रेकर्ड गरिसकेका छन् । उनी सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी नायब उपरीक्षक पदबाट अवकाश हुन् ।

गीतकार दिनेश अधिकारी, श्रीपुरुष ढकाल र सङ्गीतकार राजु सिंहले ६७ वर्षको उमेरमा पनि गायक शशी गुरुङको सङ्गीतप्रतिको समर्पण अनुकरणीय रहेको भन्दै प्रशंसा गरे । रासस





Comments

comments

120582