एकीकृत समाजवादीको जारी महाधिवेशनमा आजदेखि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरू

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशनमा राजनीतिक दस्ताबेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्ताबेजमा १२ समूह बनाएर छलफल गरिएको छ । ती दस्ताबेजबारे प्रतिनिधिहरुबिच सामूहिक छलफल गरिएको हो ।

देशभरबाट आएका प्रतिनिधिको सुझावसहित बुधबार बिहान बस्ने बैठकले दस्ताबेजमाथि प्रस्तुति दिने कार्यतालिका छ । सम्बन्धित समूहका टोली नेताले गर्ने प्रस्तुतिपछि दस्ताबेज परिमार्जनसहित अनुमोदन गरिने छ ।

बैठक बुधबार बिहान ११ बजे बस्ने पार्टीको स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए । एक हजार आठ सय ४९ प्रतिनिधि छनोट गरिएको महाधिवेशनले दुई सय ९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने छ । रासस





Comments

comments

120799