हङकङमा अपहरणमा परेका ३ वर्षीय बालकको उद्धार, ५.१४ मिलियन हङकङ डलर फिरौती माग्ने दुई संदिग्ध महिला पक्राउ…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ४ जुलाई। हङकङ प्रहरीले त्सेउङ क्वान ओमा अपहरणमा परेका ३ वर्षीय बालकलाई बिहीबार बिहान उद्धार गरेको छ भने दुईजना शंकास्पद महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

स्रोतका अनुसार प्रहरीले हिजो अपराह्न ४:३० बजे टिकेओ प्लाजाबाट ३ वर्षीय बालक अपहरणमा परेको खबर प्राप्त गरेका थिए। जतिबेला प्लाजाको दोस्रो तल्लामा रहेको खेल मैदानमा उनी खेलिरहेका थिए।

हिजो राती इन्टरनेट प्रसारित फुटेजको स्क्रिनसटमा बालकलाई टोपी र मास्क लगाएका व्यक्तिले लगेको देखाइएको छ। अपहरणकर्ताहरूले क्रिप्टोकरेन्सीमा फिरौती तिर्न र प्रहरीलाई खबर नगर्न परिवारलाई एउटा नोट छोडेका थिए। “यदि तपाईं आफ्नो बच्चा सुरक्षित होस् भन्ने चाहनुहुन्छ भने पुलिसलाई कल नगर्नुहोस्।”

अपहरणकर्ताहरूले करीव ६ लाख ६० हजार अमेरिकी डलर लगभग ५.१५ मिलियन हङकङ डलर फिरौती मागेका थिए।

स्थानीय मिडियाका अनुसार सङ्गठित अपराध तथा त्रिपक्षीय ब्यूरोका प्रहरी अधिकृतहरूले रातभर अनुसन्धानपछि आज बिहान करिब ५:२५ बजे बालकलाई उद्धार गरेका हुन्।

बालकलाई चेयुङ क्वान ओस्थित एक आवासीय इकाईभित्र लुकाएर राखिएको थियो।

प्रहरीले बालक अपहरणमा संलग्न दुई महिलालाई पक्राउ गरेका छन्। बालकलाई पछि चेकअपका लागि त्सेङ क्वान ओ अस्पतालमा लगिएको थियो।

३ वर्षीय बालकलाई अपहरण गरेको आशंकामा पक्राउ परेकी एक महिलालाई बिहीबार दिउँसो अस्पताल भर्ना गरिएको छ। उनी दुई संदिग्ध मध्ये एक महिला एक हुन्।

उनीहरूलाई सोधपुछका लागि त्सेङ क्वान ओ प्रहरी चौकीमा हिरासतमा राखिएको थियो। अप्ठ्यारो भएको गुनासो गरेकी महिलालाई प्रहरी संगठित अपराध इकाइको जासुस टोलीले दिउँसो २ बजेतिर त्सेउङ क्वान ओ अस्पताल पुर्याएको थियो । अस्पताल पुग्दा उनको अनुहार कालो हुडले छोपिएको थियो।

दुई बेरोजगार ३८ वर्षीया महिलाले आर्थिक समस्याका कारण तीन वर्षीय बालकलाई अपहरण गरेको खुलेको छ। संदिग्धहरू मध्ये एक हङकङ आईडी बाहक र अर्को दुईतर्फी अनुमतिपत्र लिएकी चिनीयाँ महिला रहेकी छिन्।

अपहरणपछि दुवै महिला मिलेर बच्चालाई सुटकेसमा राखेर त्सेउङ क्वान ओस्थित उनीहरुमध्ये एकको घरमा पुर्याएका थिए, बिहीबार दिउँसो सञ्चारकर्मीसँग कुरा गर्दै प्रहरीले भनेको छ ।

बिहीबार बिहान करिब ५:२५ बजे बालकलाई उद्धार गर्न प्रहरीले फ्ल्याटमा पसेर घटनास्थलबाटै दुई महिलालाई पक्राउ गरेको थियो । बालकलाई कुनै स्पष्ट चोटपटक नलागे पनि थप निरीक्षणको लागि अस्पतालमा राखिएको छ।





Comments

comments

120938