रोशन मेवाहाङ्ग / एचकेनेपाल डटकम-
लण्डन, बिहीबार भएको आमनिर्वाचनको नतिजा अनुसार मजदुर पार्टीले कुल ४१२ सिट हासिल गरेको छ। उक्त परिणाम पाएलगतै पार्टी अध्यक्ष सर केयर स्टामर बेलायती राजा चाल्स्को बाहुलीबाट शुभकामना लिन उनको श्रीमती भिक्टोरियासहित राजदरबार पुगेका थिए। दिउँसो १ बजे प्रधामन्त्री कार्यालय नम्बर १० प्रवेश गर्नअघि स्टामरले केही समय भाषण गरेका थिए। उनले भने, ‘मुलुकमा अब परिवर्तन हुने छ।’
अक्सफोर्ड विश्वविद्यालयमा सिभिल कानूनमा स्नात्तकोतर गरेका स्टामर सन् २०२० मा पार्टी अध्यक्षमा चयन भएका थिए । तत्कालीन अध्यक्ष जेरेमी कोर्विनबिरुद्ध सेमिटिक विरोधी कानून दुरुपयोगको अभियोग लागेपछि उनलाई पार्टीले बर्खास्त गरेको थियो। सर केयर सानैदेखि राजनीतिक रुपमा सक्रिय हुदै १६ बर्षको उमेरमा मजदुर युवा समाजवादी पार्टी प्रवेश गरेका थिए।
विगत १४ बर्षदेखि सत्तामा बहाल रहेका कन्जरभेटिभ पार्टीले एतिहासिक रुपमा १२१ स्थान मात्र प्राप्त गर्दै घाटाको सामाना भोग्नु परेको छ । उक्त पार्टीका पूर्व प्रधानमन्त्री लिन ट्रस, ग्रान्ट थाप्स् , पेनी मोर्डन्ट, गिलियन किगन र ज्याकव रीसमोगलगायतका प्रमुख व्यतित्वहरुले समेत पराजय भोग्नु परेको छ।
लेसेस्टरकी १९ वर्षीया सजिता भन्छिन् ‘मेरो जीवनको पहिलो भोट मजदुर पार्टीलाई गर्न मौका पाएकोमा गर्व महसुस गरेकी छु। कन्जरभेटिभलाई भोट गर्ने योजना बनाएकी थिएं तर प्रधानमन्त्री ऋषि सुनकको घोषणा–पत्रले निरास बनाएको कारण मेरो निर्णय परिवर्तन भएको हो’। विशेष गरेर सुनकको उल्लेखित घोषणा–पत्रमा युवाहरुले अनिवार्य रुपमा राष्ट्रिय सेवा गर्नु पर्ने विषयले बेलायती युवायुवतीहरुलाई तनाब बढेको उनले बताईन्।
सोही क्षेत्रमा १४ वर्षदेखि बसोबास गरिरहेका पश्चिम नेपालका चुडाक थापा मगरले थपे, ‘म यो क्षेत्रमा बसेको करीव १५ बर्ष भयो तर रुढिवादी पार्टीले समाजमा केहि परिवर्तन गरेनन्। त्यसैले यो पार्टीलाई पराजित गर्न पाउंदा धेरै खुशी र आत्मसन्तुष्टि मिलेको छ। उनका अग्रजहरुले दिनरात फोन गरेर रुढिवादी पार्टीलाई भोट लगाउन अनुरोध गरेपनि आफ्नो निर्णयमा अडिक रहेको र सही निर्णय गरेको उनले बताए।
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)