नेपाल नेत्रज्योति संघ कोलोराडो तदर्थ समिति गठन

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –

कोलोराडो अमेरिका। अमेरिकाको कोलोराडोमा नेपाल नेत्रज्योति संघ कोलोराडो तर्दथ समिति गठन गरिएको छ।

कोलोराडोमा सक्रिय सामाजिक संघ संस्थाका प्रतिनिधि, बुद्धिजीवी एबं सामाजिक अभियान्ता, नेपाल नेत्रज्योती संघका केन्द्रिय अध्यक्ष प्राध्यापक डा चेतराज पन्त, महासचिव भरतबहादुर चन्द, कार्यकारी निर्देशक शैलेसकुमार मिश्रलगायतका पदाधिकारीहरूको उपस्थितिमा कोलोराडो तदर्थ समिति गठन गरिएको हो।

कोलोराडोमा नेपाली समुदायका अभिभावक तथा समाजसेवी नारायण श्रेष्ठको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिति गठन गरिएको समितिका सदस्य तथा नेपाली घरका निवर्तमान अध्यक्ष जगदिशचन्द्र ढकालले बताए।

यसरी गठित समितिका सदस्यहरूमा जगदिशचन्द्र ढकाल, नविन दत्त, निलम श्रेष्ठ, बसन्त लंसाल, सुरज भण्डारी, गंगा चौलागाई, शुरेसचन्द्र प्रधान, नवराज श्रेष्ठ, कृष्ण थापा, चन्द्रमान गुरूङ, घनश्याम अगस्थी, अर्जुन बगाले र शुमन केशी रहेका छन्।

तर्दथ समितिले नेपाल नेत्रज्योति संघको बिधान अनुसार काम अगाडी बढाउने ढकालले बताएका छन्। नेपालमा २८ जिल्लामा अस्पत्ताल १ सय ६० आँखा उपचार केन्द्र र ४३ जिल्लामा शाखा रहेको संस्थाले अन्धोपन निवारणकोलागि उल्लेखनीय सेवा प्रदान गर्दै आइरहेको छ।





Comments

comments

121084