आफू जान नपाएपछि अमेरिका जान लागेका सहसचिवलाई मन्त्रीले विमानस्थलबाटै फर्काए

काठमाडौं,जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले आफू अमेरिका जान नपाएपछि मन्त्रालयका सहसचिव रामप्रसाद लम्साललाई त्रिभुवन विमानस्थलबाटै फर्काएका छन्।

मन्त्रिपरिषद्को स्विकृति लिएर सरकारकै कार्यक्रममा अमेरिकाको न्युयोर्क जान लागेका सहसचिव लम्साललाई मन्त्री पासवानले विमानस्थलबाटै फर्काएका हुन्।

गत डिसेम्बरमा पेरिसमा भएको कोप २१ को सम्मेलनबाट पारित भएको जलवायु परिवर्तनसम्बन्धी सम्झौतामा नेपालको लायन्स मिनिस्ट्रीबाट प्रतिनिधित्व लम्साललाई मन्त्री पासवानले आफूलाई अमेरिका जान सहयोग नगरेको भन्दै बीच बाटोबाटै फर्काएका हुन्।

न्युयोर्कमा हुने जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताको हस्ताक्षर गर्ने साइनिङ सेरेमोनीमा सरकारले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापासहित वातावरण मन्त्रालयका लम्साललाई त्यसतर्फ पठाउने निर्णय गरेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

मन्त्री पासवानले आफूपनि अमेरिका जानेसहितको प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिए । तर, उनको प्रस्ताव मन्त्रिपरिषदले स्वीकृत नगरेपछि अमेरिका जान पाएका थिएनन्।





Comments

comments

Leave a Reply

12131