Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मोदीलाई अर्को झट्काः विश्वका टप लिडर्सको लिस्टबाट ‘मोदी’ भए आउट

विश्वचर्चित प्रतिष्ठित पत्रिका टाइम म्यागेजिनको सन् २०१६ को विश्वका सबैभन्दा प्रभावशाली सय व्यक्तिको सूचीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अटाएनन्।

मोदीलाई सय व्यक्तिको सूचीमा पर्न नदिन नेपालबाट ‘नो भोट मोदी’ अभियान नै चलेका बेला टाइमको प्रभावशाली सयको सूचीमा मोदी नपरेका हुन्।

यो सूचीमा मोदीकै देशको भारतीय रिजर्भ बैंक (आरबीआई) का गर्भनर रघूराम राजन भने अट्न सफल भएका छन् ।

देशका गभर्नर पर्दा मोदी यस पटक टाइमको सय प्रभावशालीको सूचीमा नपरेको खबर अन्नपूर्ण पोस्टले छापेको छ।

यो सूचीमा चिनियाँ राष्ट्रपति सी जिनपिङ्ग, उत्तर कोरियाका तानाशाह किम जोङ्ग उन, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति बाराक ओबामाले यो सूचीमा स्थान बनाउन सफल भएका छन् ।

त्यसैगरी सय शक्तिशालीको सूचीमा फेसबकका मालिक मार्क जुकर्बर्ग दम्पत्ति, बलिउड अभिनेत्री प्रियंका चोपडा, जर्मनीकी राष्ट्रपति एङ्गेला मर्केल, पोप फ्रान्सिस र कमेडियन अजिज अन्सारी पनि अटेका छन्।





Comments

comments

Leave a Reply

12135