कोलोराडोमा नेपालीहरुको समर पिकनिक

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –

अमेरिका, कोलोराडो। कोलोराडोमा रहेका नेपालीहरुबीच भेटघाट र एक आपसमा समन्वय तथा सद्भाव बढाउने उद्धेश्यले आयोजना गरिएको समर पिकनिक विभिन्न कार्यक्रमसंगै आइतबार सम्पन्न भयो।

रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको आयोजनामा र्नथग्लेनस्थित रमणीय पार्कमा आइतबार दिउंसो २ बजेदेखि ७ बजेसम्म आयोजित कार्यक्रममा कोलोराडोमा सक्रिय संघ संस्थाका पदाधिकारी, बुद्धिजीवी, समाजसेवी, साना बालबालिका, कलाकार, व्यवसायी ,पत्रकार, गन्यमान्य तथा नेपालीभाषी बा आमा, दाजुभाइ, दिदीबहिनीहरुको उपस्थिति रहेको थियो।

त्यस्तैगरी पिकनिक कार्यक्रमलाई थप मनोरञ्जनका साथै सबैलाई सक्रिय सहभागिता गराउन महिला सहभागीहरुलाई म्यूजिकल चियर, बाल बालिकाहरुलाई चम्चा गुच्चा खेल र पुरुषहरुलाइ घैटो फुटाउने खेल लगायतका बिभिन्न खेल खेलाइको थियो । खेलकुद प्रतियोगितामा प्रथम , द्वितीय र तृतीय हुने बिजयी प्रतियोगीहरुलाई आयोजक संस्थाका अध्यक्ष अर्जुन बगालेले पुरस्कार प्रदान गरि सम्मान गरेका थिए ।

बालबालिका, बृद्ध, बृद्धा, युवा युवती सबै उमेरका व्यक्तिहरुको उत्साह जनक उपस्थिति रहेको उक्त कार्यक्रममा नेपालीको पहिचाहन झल्कने टोपी, साडी चोलो लगाएर आउने मानिसहरुको उपस्थिति उलेख्य रहेको थियो । ठूलो तालको नजिक रमणीय पार्कमा आयोजित कार्यक्रममा उपस्थित केही बोटमा बसि तालको परिक्रमा गर्दै मनोरञ्जन लिएका थिए।

पीकनिकमा बितरित केही खानाको परिकारहरु स्थानीय रेष्टुरेन्टहरुले सौजन्य उपलब्ध गराएका थिए भने, केही संस्थाका कार्यसमितिका पदाधिकारीहरुले घर घरमा तयार पारी ल्याएर बितरण गरेका थिए।

कार्यक्रममा संस्थाका अध्यक्ष बगालेले यहां बसोवास गर्दै आएका नेपाली भाषी दाजुभाई दिदीबहिनीहरुलाई मनोरञ्जनका साथै एकता, सद्धभाव र एक आपसमा सहयोगको भावना बिकास गर्न पिकनिक आयोजना गरिएको भन्दै उपस्थित भइ कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए।





Comments

comments

121351