कोलोराडोमा नेपालीहरुको समर पिकनिक

–

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –

अमेरिका, कोलोराडो। कोलोराडोमा रहेका नेपालीहरुबीच भेटघाट र एक आपसमा समन्वय तथा सद्भाव बढाउने उद्धेश्यले आयोजना गरिएको समर पिकनिक विभिन्न कार्यक्रमसंगै आइतबार सम्पन्न भयो।

–

रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको आयोजनामा र्नथग्लेनस्थित रमणीय पार्कमा आइतबार दिउंसो २ बजेदेखि ७ बजेसम्म आयोजित कार्यक्रममा कोलोराडोमा सक्रिय संघ संस्थाका पदाधिकारी, बुद्धिजीवी, समाजसेवी, साना बालबालिका, कलाकार, व्यवसायी ,पत्रकार, गन्यमान्य तथा नेपालीभाषी बा आमा, दाजुभाइ, दिदीबहिनीहरुको उपस्थिति रहेको थियो।

–

त्यस्तैगरी पिकनिक कार्यक्रमलाई थप मनोरञ्जनका साथै सबैलाई सक्रिय सहभागिता गराउन महिला सहभागीहरुलाई म्यूजिकल चियर, बाल बालिकाहरुलाई चम्चा गुच्चा खेल र पुरुषहरुलाइ घैटो फुटाउने खेल लगायतका बिभिन्न खेल खेलाइको थियो । खेलकुद प्रतियोगितामा प्रथम , द्वितीय र तृतीय हुने बिजयी प्रतियोगीहरुलाई आयोजक संस्थाका अध्यक्ष अर्जुन बगालेले पुरस्कार प्रदान गरि सम्मान गरेका थिए ।

–

बालबालिका, बृद्ध, बृद्धा, युवा युवती सबै उमेरका व्यक्तिहरुको उत्साह जनक उपस्थिति रहेको उक्त कार्यक्रममा नेपालीको पहिचाहन झल्कने टोपी, साडी चोलो लगाएर आउने मानिसहरुको उपस्थिति उलेख्य रहेको थियो । ठूलो तालको नजिक रमणीय पार्कमा आयोजित कार्यक्रममा उपस्थित केही बोटमा बसि तालको परिक्रमा गर्दै मनोरञ्जन लिएका थिए।

–

पीकनिकमा बितरित केही खानाको परिकारहरु स्थानीय रेष्टुरेन्टहरुले सौजन्य उपलब्ध गराएका थिए भने, केही संस्थाका कार्यसमितिका पदाधिकारीहरुले घर घरमा तयार पारी ल्याएर बितरण गरेका थिए।

–

कार्यक्रममा संस्थाका अध्यक्ष बगालेले यहां बसोवास गर्दै आएका नेपाली भाषी दाजुभाई दिदीबहिनीहरुलाई मनोरञ्जनका साथै एकता, सद्धभाव र एक आपसमा सहयोगको भावना बिकास गर्न पिकनिक आयोजना गरिएको भन्दै उपस्थित भइ कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए।

–
–




Comments

comments

121351