Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपाललाई परेको बेला खुलेरै सहयोग गर्ने थाइल्यान्डको पूर्वप्रधानमन्त्रीको मृत्यु

बैंकक– थाइल्यान्डका पूर्व प्रधानमन्त्री बानहार्न सिल्पा आचाको शनिबार मृत्यु भएको छ । उनको ८३ वर्षको उमेरमा दमको रोगबाट मृत्यु भएको बताइएको छ।

बानहार्न सिरीराज अस्पतालमा गत बिहीबारबाट भर्ना भएका थिए । उनको पूर्वमन्त्री परिषद्को सदस्य कन्चाना सिल्पा आचासहित तीन सन्तान छन्।

सन् १९९५ मा भएको निर्वाचनमा बानहार्न थाइल्यान्डको २१ औँ प्रधानमन्त्रीमा नियुक्त भएका थिए। बैंककबाट करिब १ सय किलोमिटर उत्तरपश्चिममा पर्ने सुपानबुरी प्रान्तमा उनको निवास रहेको बताइएको छ।

उनले सन् १९९५ मा चार्ट थाई पार्टीको तर्फबाट प्रधानमन्त्रीको पदमा विजय हासिल गरेका थिए। चार्ट थाई पार्टीको पछि नाम परिवर्तन भएर चार्ट थाई पत्तानाको नामबाट चिनिन्न थाल्यो। सुपानबुरीमा यो पार्टीको बलियो प्रभाव रहेको खबर अन्नपूर्ण पोष्ट दैनिकमा छ।





Comments

comments

Leave a Reply

12147