Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
तमू समाज कतारको शुभकामना कार्यक्रम सम्पन्न – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

तमू समाज कतारको शुभकामना कार्यक्रम सम्पन्न

बिल गुरुङ / एचकेनेपाल डट कम –
दोहा, कतार । तमू (गुरुङ) समाज कतारको आयोजनामा नेपाली नया“ वर्ष २०७३ को अवसरमा शुभकामना आदनप्रदान तथा सम्मान कार्यक्रम २०१६ सम्पन्न भएको छ । गत शुक्रवार २२ अप्रिलका दिन कतारको नज्मा स्थित अल नक्याम रेष्टुरेण्टमा बिविध सांस्कृतिक प्रस्तुतिका साथ उक्त कार्यक्रम सम्पन्न गरेको छ।

अध्यक्ष खेम तमूको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख संरक्षक बिलबहादुर तमू, संरक्षक बुधबल तमू, निर्देशक सल्लाहकार कृष्ण तमू, गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदका सदस्य द्वय बिनोद भट्टराई र हंशराज ढकाल क्षेत्री, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका द्वित्तीय उपाध्यक्ष प्रबिण तमू, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष सियाराम चौधरी, ब्यावसायी ÷ समाजसेवी उत्तम तमू, नेपाली महिला समाजकी अध्यक्ष रेखा राई, ब्यवसायी सरीता तमूस्यो, गोरखा सेवा समाजका उपाध्यक्ष राकेश श्रेष्ठ, अन्तरराष्ट्रिय कलाकार मञ्च कतारका अध्यक्ष भबिन्द्र तामाङ, समाजसेवी कृष्ण उप्रेति, पर्यवेक्षण समितिका संयोजक क्रान्ति सिंह र सदस्यहरुमा क्रमशः टिएन बराल, मोहम्मद अजिज अलि, कुमार कार्की, निर्णायकरु मंगल बिक, ईश्वरबल्लभ उप्रेती, किरण लामा, बिरेन्द्र श्रेष्ठ, प्रबिण (जेरी) राई, सल्लाहकारहरु, बुद्ध तमू, आशु तमू, आशबहादुर तमू गोरखा, राजन घले तमू, आशबहादुर तमू कास्की, धनराज तमू, रनबहादुर तमू र मिनबहादुर तमू, तमू प्ये ता“ ल्हु ता“ समितिका अध्यक्ष भबिराज तमू, तमू खेलकुद समितिका अध्यक्ष सुर्य तमू, महिला बिभागकी कोषाध्यक्ष डिलकुमारी तमूस्यो, पुर्वाञ्चल सम्पर्क समितिका संयोजक केशरसिंह तमू, पश्चिमाञ्चल सम्पर्क समितिका संयोजक पुर्ण तमू लगायत बिशेष अतिथिको रुपमा थिए।

समाजका प्रमुख संरक्षक बिलबहादुर तमूले द्विप प्रज्वल्लित गरि कार्यक्रम उदघाटन गरेका थिए । कार्यक्रममा उपस्थित सबैलाई प्रथम उपाध्यक्ष रस (शिव) तमूले मनतब्य मार्फत स्वागत गरेका थिए भने महासचिव खुशी तमूले औपचारीक र सचिव तेज तमूले सांस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए ।

सम्मान कार्यक्रम ः
तमू समाजको निवर्तमान केन्द्रिय कार्यसमिति र शाखा समितिका अध्यक्ष तथा प्रमुखहरुलाई तमूहरुको परम्परागत क्रेगी र सम्मान पत्रले सम्मान गरिएको थियो । त्यसरी सम्मानित हुनेहरुमा क्रमशः केन्द्रिय समितिका निवर्तमान अध्यक्ष कृष्ण तमू लगायत शाखा समितिहरुमा क्रमशः तमू प्ये ता“ ल्हु ता“ समितिका निवर्तमान अध्यक्ष रस (शिव) तमू, तमू सांस्कृतिक परिवारका निवर्तमान अध्यक्ष राजन घले तमू, तमू खेलकुद समितिका निवर्तमान अध्यक्ष सुर्य तमू, महिला बिभागबाट प्रतिनिधित्व गर्दै डिलकुमारी तमूस्यो, पुर्वाञ्चल सम्पर्क समितिका निवर्तमान संयोजक हरीकाजी तमू र पश्चिमाञ्चल सम्पर्क समितिका निवर्तमान संयोजक रनबहादुर तमू थिए।

तमू समाज कतारले स्थापना कालदेखि नै एनआरएनएसंग सहकार्य गर्दै आई रहेको छ । उक्त संस्थाको नया“ नेतृत्वलाई प्रोत्साहन र हौसला प्रदान गर्ने कार्यलाई पनि निरन्तरता दिदै आएको छ । त्यसैले एनआरएनए आईसीसीमा कतारबाट प्रतिनिधित्व गर्ने सदस्य द्वय बिनोद भट्टराई र हंशराज ढकाल क्षेत्रीलाई समाजले बधाई पत्र र क्रेगीले सम्मान गरेको छ । तर एनसीसी कतारका अध्यक्ष बिनेश तामाङको अनुपस्थितिका कारण उनलाई सम्मान गर्न नसकेको समाचारमा जनाईएको छ ।

तमू समाज कतारको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवारको छैठौं प्रस्तुति गैरआवासीय नेपाली तारा २०१५ कार्यक्रम सफल बनाउन सहयोग गर्ने ब्यक्ति तथा संस्थाहरुलाई सम्मान गरियो । गैरआवासीय नेपाली तारा २०१५ उपाधिको लागि एक लाख नेपाली रुपैया“ आर्थिक सहयोग गर्ने प्रबिण तमू र गैरआवासीय नेपाली नृत्य तारा २०१५ उपाधिको लागि असी हजार नेपाली रुपैया“ आर्थिक सहयोग गर्ने उत्तम तमू ह्ेङ (भाङग्रा), क्रेगी (फेटा) साथै श्रीमति सरिता तमूस्यो क्रमु र प्रशंसापत्रबाट सम्मानित भएका छन । त्यसै गरि गायन विधाको द्वित्तीय पुरस्कार प्रायोजन गर्ने कलापे्रमी कृष्ण उप्रेती क्रेगी र प्रशंसापत्रबाट सम्मानित भए भने तेश्रो पुरस्कार प्रायोजन गर्ने महिला बिभाग क्रमु र प्रशंसापत्रबाट सम्मानित भयो । नृत्य बिधामा तेश्रो पुरस्कार प्रायोजन गर्ने कार्गो नेट सर्भिसेसका सञ्चालक तथा समाजका सल्लाहकार बुद्धिराज तमू, आर्थिक सहयोग दाताहरु आरके शर्मा, सेवा मनि ट्रान्सफरबाट डा.देवकाजी डंगोल, उमेश अधिकारी, मक्सुद आलम, मोहम्मद मुक्तदा मुसलमान लगायत अनुपस्थित रहेकोले प्रशंसापत्रबाट सम्मान गर्ने कार्य स्थगित भएको छ । सहयोगी संस्थाहरुमा गैरआवासीय नेपाली संघ एनसीसी कतार, तनहु सेतिदोभान सेवा समाज, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ, अन्तरराष्ट्रिय कलाकार मञ्च कतार, गोरखा सेवा समाज, भोजपुर सेवा समाज, ओखलढुङगा सेवा समाज, नेपाली महिला समाज र ब्यक्तिगत सहयोगीहरुमा राजकुमार दिक्पाल, लगायत पनि प्रशंसापत्रबाट सम्मानित भएका छन।

गैरआवासीय नेपाली तारा २०१५ कार्यक्रम सफल बनाउन महत्वपुर्ण भुमिका खेलेका पर्यवेक्षण समितिका संयोजक क्रान्ति सिंह र सदस्यहरु क्रमशः टिएन बराल, अशोक सिंदेन, मोहम्मद अजिज अलि, कुमार कार्की, ई.नन्द गर्बुजा र अमृत शाही लगायतलाई भाङग्रा, ढाका टोपी र प्रशंसापत्रबाट सम्मान गरियो । त्यसै गरि निर्णायकहरुमा देविका केसी गुरुङ (अनुपस्थित), मंगल बि.क., भबिन्द्र तामाङ, ईश्वरबल्लभ उप्रेती र अतिथि निर्णायकहरुमा किरण लामा, बिरेन्द्र श्रेष्ठ र प्रविण (जेरी) राई लगायत पनि भाङग्रा, टोपी र प्रशंसापत्रबाट सम्मानित भएका छन ।
प्रशंसापत्रबाट सम्मानित हुने सहयोगि संस्थाहरुमा क्रमशः अन्तरराष्ट्रिय कलाकार मञ्च, नवप्रतिभा सांस्कृतिप परिवार, रिदम कला केन्द्र, यू एण्ड आई डान्स क्रयू, नेपाली कला केन्द्र, सुर संगम कला केन्द्र, मितेरी फिल्मस प्रा.लि. आदि थिए ।

सांस्कृतिक र साहित्यिक कार्यक्रम ः
सम्मान कार्यक्रम पछि तमू सांस्कृतिक परिवारका कलाकारहरुको बेजोड सांस्कृतिक प्रस्तुतिहरु रहेका थिए । साजि नानि जेस्मा श्रेष्ठको नृत्यले सबैलाई मन्त्र मुग्द पारेको थियो भने मिना मगर, शान्ति तमूस्यो र पुस्पा तमूस्योको आकर्षक नृत्यले कार्यक्रमको रौनक नै बढाई दिएको थियो । साथै निलन तमू र ईन्द्र तमूको गायकी कलाबाट पनि मनोरञ्जनमा थप रौनक थपेको थियो । साहित्यिक ब्यक्तित्व तेज तमूको सञ्चालनमा सम्पन्न सांस्कृतिक कार्यक्रम साहित्यिक जस्तो भान हुदै थियो । यसै मेसोमा केन्द्रि सचिव तेज तमू, तमू खेलकुद समितिका उपाध्यक्ष पुरन तमू र पश्चिमाञ्चल सम्पर्क समितिका कोषाध्यक्ष नरबहादुर तमूको साहित्यिक प्रस्तुति कार्यक्रमको अर्को आकर्षणहरु थिए।

कार्यक्रममा बिभिन्न बक्ताहरुले शुकामना मन्तब्य समेत राखेका थिए । शाखा समितिहरुको तर्फबाट पश्चिमाञ्चल सम्पर्क समितिका संयोजक पुर्ण तमू, गैरआवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषदका सदस्य हंशराज ढकाल क्षेत्री, निर्देशक सल्लाहकार कृष्ण तमू, प्रमुख संरक्षक बिलबहादुर तमू लगायतले समाजले गरेको कार्यहरुको प्रशंसा गर्दै एकता र सहकार्यले नै सफलता पाउन सकिने बलियो उदाहरण तमू समाज रहेको बताए । अन्तमा सबै पक्षलाई धन्यवाद दिदै अध्यक्ष तथा सभापति खेम तमूले कार्यक्रमको समापन गरेका थिए।

थप तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

12190