काठमाडौं। नयाँ शक्तिले वैशाख महिनाभर चन्दा उठाउने अभियान सुरु गरेको जनाएपनि हालसम्म कोही कसैले पनि उल्लेख्य रुपमा चन्दा नदिएको बताइएको छ।
चन्दाका लागि उद्योगी, व्यवासायीलाई पूर्व–सचिव रामेश्वर खनाल र डा. भट्टराईको हस्ताक्षर भएको पत्र पठाइएको छ।
यस्ता नौटंकीलाई किन दिने चन्दा भन्दै उद्योग वाणिज्य महासंघका एक नेताले बताए। ती उद्योगीकाअनसार चन्दा पत्रमा रकम नै तोकर मागिएको छ , जब की नयाँ शक्तिले केही समय पहिले गरेको पत्रकार सम्मलेनमा कोही कसैलाई पनि जवरजस्ती चन्दा नलिने र लिएको पाइए त्यस्तलाई कारवाही गर्ने जनाएको थियो। जनआह्वान साप्ताहिकमा खबर छ।
सो घोषणा विपरित पछिल्लो पटक पूर्व सचिव खनालले उद्योगी एवम् व्यवासायीलाई हामी त एकाध वर्षमा सरकारमा पुगी हाल्छौ, हामीलाई कमजोर ठाने राम्रो हुँदैन भन्दै धम्कीको सैलीमा चन्दा दिन भनेका छन्।