काम गर्न गएका एयर कोन टेक्निसियनको १० औं तलाबाट चिप्लिएर मृत्यु

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २० जुलाई। चुन वानको औद्योगिक भवनबाट एयर कन्डिशन मर्मत गर्ने कामदारको चिप्लिएर मृत्यु भएको छ।

श्रम विभागले शनिबार काम गर्ने क्रममा ५७ वर्षीय एक मजदुरको मृत्यु भएपछि अनुसन्धान सुरु गरेको बताएको छ।

उनी मचान बनाउने क्रममा चिप्लिएर खसेको बुझिएको छ। भवनको दशौं तला माथिबाट खसेको उक्त व्यक्तिको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ।

श्रम विभागले तुरुन्तै घटनास्थलमा कर्मचारी खटाएको र दुर्घटनाको कारण खोजिरहेको जनाएको छ।





Comments

comments

122582