Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

धादिङमा भकाभक सर्प मर्न थालेपछि

धादिङ, कटुन्जेका बासिन्दाले गत सोमबार बिहानै गाउँको खानेपानी मुहानमा नागपूजा गरे । मूल सुकेपछि भएको पानी अभाव हट्ने विश्वासमा स्थानीय बासिन्दाले नागपूजा गरेका थिए।


धादिङको कटुन्जेमा मरेको अवस्थामा भेटिएका सर्प ।तस्बिर : हरिहरसिंह/कान्तिपुर

तर साँझपख मुहान वरपर थुप्रै संख्यामा मरेका सर्प भेटिएपछि स्थानीय अचम्ममा परेका छन्।

भूकम्पपछि एक्कासि मूल बढे पनि काउलीबासे धारामा विस्तारै पानी सुक्दै गएको थियो । यही वैशाख १२ पछि त मूल नै ठप्प भयो। त्यसपछि त्यहाँ भएका सर्पहरू मर्दै गएको स्थानीय वीरबहादुर राम्जालीले बताए।

एक साताको बीचमा सयभन्दा बढी सर्प मरेपछि ‘अनिष्ट’ को आशंकामा त्रसित बनेको स्थानीय बासिन्दाले बताएका छन् । रातो रंगको र पुच्छर बोधो भएका ती सर्प कहिलेकाही पानी मुहान वरपर निस्कने गर्थे । तिनलाई स्थानीयले ‘नागदेवता’ को रूपमा मान्दै आएका थिए।

ती सर्पहरू पानीको मूल सुकेका कारण या जंगलमा सल्केको डढेलोका कारण तापक्रम अत्यधिक बढेकाले मरेका हुन् भन्नेबारे भने स्पष्ट भएको छैन। स्थानीय बूढापाकाहरू भने ती सर्पहरू पानी खान नपाएका कारण मरेको बताउँछन्। कान्तिपुर दैनिकमा खबर छ।

स्थानीय कटुञ्जेवासीले मरेका सबै सर्प एकै ठाउँमा जम्मा गरी राखेका छन्। मरेका सर्पको थुप्रो हेर्न टाढा–टाढाबाट समेत मान्छेहरू आउन थालेका छन्। अहिले मरेका सर्प सुकेको अवस्थामा छन् । लामो समयको खडेरी र जंगल विनाशका कारण पानीका मुहान सुक्दै जान थालेपछि अहिले स्थानीय बासिन्दा पिउने पानीको समेत चरम समस्या बेहोरिरहेका छन्।





Comments

comments

Leave a Reply

12275