थाइल्याण्ड घुम्न गएका हङकङका प्रहरी अधिकारीको गाडीबाट खसेर मृत्यु

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २३ जुलाई। थाइल्याण्डमा छुट्टी मनाउन गएका हङकङका प्रहरी अधिकारीको गाडीबाट खसेर मृत्यु भएको छ।

हङकङका एक प्रहरी अधिकारी सोमबार पट्टायामा छुट्टी मनाउने क्रममा सोङथाउबाट खसेर मृत्यु भएको जनाइएको छ।

स्थानीय रिपोर्टका अनुसार ४८ वर्षीय लाम चि–फाइ हिजो बिहान करिब ८ बजेतिर सोङथाउ (जसलाई टुक टुक पनि भनिन्छ) बाट सडकको बीचमा खसेर घाइते अवस्थामा फेला परेका थिए। उनको उपचारको क्रममा मृत्यु भएको हो।

अनलाइन प्रसारित तस्बिरहरूले दुर्घटनापछि घटनास्थलमा स्थानीय र प्यारामेडिकहरूले लामलाई पुनर्जीवित गर्ने प्रयाश गरिरहेको देखाइएको छ।

दायाँको सोङथाउको फोटो सन्दर्भको लागि मात्र हो। दुर्घटनासंग सम्बन्धित होइन।

स्थानीय प्रहरीले सोङथाउका चालकलाई फेला पारेको छ, जसले दुर्घटनाको बारेमा अनजान रहेको बताएका छन्।

अध्यागमन विभागले पुष्टि गरेको छ कि मृतकको परिवारबाट मद्दतको लागि अनुरोध प्राप्त गरेको छ, र सबै सम्भव सहयोग गर्ने वाचा गरेको छ।

प्रहरीले पनि उक्त व्यक्ति प्रहरीमा सेवारत अधिकृत भएको पुष्टि गरेको छ।

उनी चेउङ शा वान जिल्लामा तैनाथ प्रहरी हवल्दार रहेको बुझिएको छ।





Comments

comments

122810