Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

छाडेन लादेनको भुतले

एबोटावाद– २ मे २०११ मा पाकिस्तानको पहाडी सहर एबोटावादमा अमेरिकी सेनाको एउटा समूह नेभी सिलले अलकायदा प्रमुख ओसामा बिन लादेनको हत्या गरेका थिए।

त्यो दिन तीनका लागि सफलताको कथा होला तर स्थानीय छिमेकीका लागि भने आतंकको श्रृंखला ल्याउने दिन बन्यो।

लादेन मारिएपछि अबोटावादको लादेनको घर ध्वस्त पारिएको थियो । यतिबेला त्यहाँ घरको चिनो मात्र छ। पाँच वर्ष यता त्यो घर वरपर स–साना घर थपिएका छन्।

लादेनको घरभित्र पानीको टुटी जोड्ने पाइप फुटेकाले बेलाबेलामा त्यहाँबाट पानी चुहिन्छ। यसलाई छिमेकले प्रयोग गरिरहेका छन्।

आधा दशकमा यो ठाउँ वरपर धेरै बदलिइ पनि त्यो दिनको सम्झना केहीलाई अझैं ताजा छ। ८४ वर्षका जैन बाबा त्यो बेला लादेनको घर नजिकैको घरमा थिए । टोलभरीको मानिसहरु भेला हुने एउटा रुखमुनि उनको सधैँझैं बसाईं थियो।

२ मेको त्यो रात छोरोसँग जैन बाबाले अर्सद खानको घरको रेखदेख गरिरहेका थिए । अमेरिकी सेनाका लागि अर्सद खान नै अबु अहमद अल कुवेती थिए। आजको नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

12282