न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १ अगष्ट। पेरिस ओलम्पिकमा भएको महिला १०० मिटर फ्रिस्टाइल प्रतियोगितामा बिहीबार हङकङकी पौडीबाज सिओभान हाउगेले अर्को कास्य पदक जितेकी छन्।
यो जीतसंगै चार ओलम्पिक पदक जित्ने उनी पहिलो हङकङ्गर बनेकी छिन्।
हङकङकी जलपरी हाउगेले पेरिस ओलम्पिकमा दुई कास्य र अघिल्लो ओलम्पिकमा दुई रजत पदक जितेर नयाँ इतिहास रचेकी हुन्।