Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
मुना थापा मगरले प्रेममा धोका पाएपछि… (भिडियोसहित) – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मुना थापा मगरले प्रेममा धोका पाएपछि… (भिडियोसहित)

राम ढुंगेल / एचकेनेपाल डट कम –
दुबई– पारिवारिक जिम्मेबारीको बोझले थलिन थालेपछि भारतबाट आफ्नो वैदेशिक रोजगारीको यात्रा सुरु गरेका गुल्मीका रामु भण्डारी १६ महिनाअघिमात्र यूएई आएका हुन्।

गरिबीको चपेटामा परेका भण्डारीले न त धेरै पढ्न सके, न त आफ्नै देशमा केही उद्यम गर्न सके । दाम कमाउने धोको बोकी गुल्मीबाट यूएई आएका रामु भण्डारी छोटो समयमा गायकका रुपमा परिचित हुँदै छन्। उनले पछिल्लो समय चर्चित गायिका मुना थापा मगरका साथमा एक गीत रेकर्ड गराएका छन्।

नेपाली लोकसंगीतको क्षेत्रमा रोज्यौ धनी, गर्यौ तिम्ले घात…बोलको गीत भण्डारीले मुना थापा मगरसँग गाएका हुन्। उक्त गीतको म्युजिक भिडियो पनि यही निर्माण गरेका छन्। यूएईको राजधानी अबुधाबीको रमणीय स्थानहरुमा छायांकन गरिएको उक्त भिडियोमा भण्डारी स्वयंले अभिनय गरेका छन्।

वियोगको पीडा, मायामा पाएको घात र प्रतिधातका दोहोरो अभिव्यक्तिसहितको उक्त गीतको लेखन, लय संकलन, स्वरांकन र छायांकन यूएईबाटै भएको हो।

यही रोजगारी गरिरहेका सुन्दर खनालले शब्द संकलन गरेका हुन् भने धेरै लोकगीतहरुमा लय भरिरहेका यूएईको लोकसंगीतमा धेरै गायकगायिकाहरुको प्रेरणाका श्रोत गायक होमनाथ कुँवरले भण्डारीको उक्त गीतमा लय भरेका हुन्।

शुभाम्भ डिजिटल म्युजिक प्रालिबाट बजारमा आएको उक्त गीतमा रामप्रसाद ढकाल, उमेश कुँवर, अर्जुन भण्डारी, नरेश सापकोटा, यामबाबु भटराई र शम्भु कुँवरले विभिन्न विधामा सहयोग गरेको गायक भण्डारीले बताएका छन्।

वर्षौ साधना गरेका सयौं कलाकारहरु क्षमता भएर पनि यूएईको नेपाली समुदायमा गुमनाम टाक्सिएर बाँच्न विवश छन् । तर, भण्डारीले कसरी छोटो अबधिमा कसरी गायकका रुपमा उदाउन सके त ? यो सवालको जवाफमा भण्डारीले इच्छाशक्ति र साथीभाइको संगतका कारण छोटो अबधिमा नेपाली स्रोताहरुमाझ आउन सफल भएको प्रतिक्रिया दिएका छन्।

शुक्रबारे बिदाहरुमा विभिन्न संघसंस्थाहरुले नियमित गर्ने कार्यक्रमहरुमा गीतसंगीत र नृत्यहरुले स्थान पाएको देख्दा भण्डारीले पनि आफ्नो बाल्यकालदेखिको गायक बन्ने सपना देखेका रहेछन्। जहाँ इच्छा, त्यहाँ उपाय भनेझै उनले पनि यूएईमै कार्यरत होमनाथ कुँबर, चुमन काउछा मगर, सुन्दर खनाल, जिसी अमर, मिरा थापाको संगत र सहकार्यले गर्दा उनले आफ्नो सपना पूरा भएको बताए । उनलाई भिडियोमा साथ दिएका छिन् पूजा तामाङले । सन्जय घिमिरे, अमर सारु मगरले भिडियो निर्देशन तथा निर्माणमा सहयोग गरेको गायक भण्डारीले बताएका छन्।

रोजगारीका लागि विदेसिए पनि लोकसंगीततर्फको यात्रामा पाइला चाल्दै गरेका भण्डारी आफै गीत रचना पनि गर्छन् । कामबाट फुर्सद हुने बित्तिकै साधना गर्छन् । सामाजिक सञ्जालहरुमा निर्माण भएका विभिन्न दोहोरी समूहहरुमा नियमित गीत गाइरहेका भण्डारी ‘हाम्रो रमाइलो रोधीघर’का एडमिन पनि हुन्। नयाँनयाँ प्रतिभाको खोजी गरी गीत गाउन प्रेरणा दिइरहने भण्डारीले चाँडै अरु नयाँ गीतहरु लिएर आउने बताएका छन्।

भिडियोः





Comments

comments

Leave a Reply

12413