जापानमा रहेका हङकङेलीहरुलाई सावधानी अपनाउंन हङकङ सरकारको अपिल

फोटोः सामाजिक सञ्जाल

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १२ अगष्ट। हङकङ सरकारले जापानमा रहेका हङकङेलीहरुलाई सावधानी अपनाउंन सोमवार अपिल गरेको छ।

जापानको दक्षिणी टापु क्युसुमा केही दिनअघि ७.१ म्याग्निच्युडको भूकम्प गएपछि हङकङ सरकारले जापान भ्रमण गर्ने बासिन्दाहरूलाई सतर्क रहन चेतावनी दिएको छ।

जापानले निकट भविष्यमा “ठूलो भूकम्प” जाने खतरा बढेको चेतावनी बिहीबार राति जारी गरेको थियो।

यस्तो चेतावनी जापानले पहिले कहिल्यै दिइएको थिएन। मानिसहरूलाई सतर्क रहन भनिएको थियो। यसले चेतावनीको अर्थ ठूलो भूकम्प नजिकै छ भन्ने होइन, तर सम्भावना सामान्यभन्दा बढी रहेकोमा जोड दिएको छ। हङकङ सरकारले जापानमा भ्रमण गर्ने यात्रुहरूलाई सतर्क रहन र जापानी अधिकारीहरूको पछिल्लो घोषणाहरूलाई ध्यान दिन सुझाव दिएको छ।

अधिकारीहरूले त्यहाँको अवस्थालाई नजिकबाट अनुगमन गर्ने र मिडिया, सुरक्षा ब्यूरोको मोबाइल एप र एम्बर आउटबाउन्ड ट्राभल अलर्ट वेबपेज (www.sb.gov.hk/eng/ota) मार्फत अद्यावधिकहरू जारी गर्ने जनाएका छन्।

यसले जापानमा रहेका हङकङेलीहरूलाई सहयोग चाहिएमा अध्यागमन विभागको हङकङको २४-घण्टे हटलाइनमा (८५२) १८६८ मा फोन गर्न, वा १८६८ च्याटबोट प्रयोग गर्न सक्ने बताएको छ।

साथै 1868 व्हाट्सएप वा 1868 वीच्याटबाट सम्पर्क गर्न सकिने छ। त्यस्तै जापानस्थित चिनियाँ दूतावासलाई +81-3-6450-2195 मा सम्पर्क गर्न सकिने जनाइएको छ।





Comments

comments

124326