केही घण्टाभित्र हङकङमा व्यापक भारी वर्षा हुने…

फाइल फोटो

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १५ अगष्ट। अब्जरभेटरीले आगामी केही घण्टाभित्र हङकङमा व्यापक भारी वर्षा हुने जनाएको छ। अब्जरभेटरीले एक दुई घन्टाभित्रै भारी वर्षाको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।

-

मौसम पर्यवेक्षकले बिहान १०.३० बजे घोषणा गर्दै भनेको छ – न्यून चापको फराकिलो ट्रुफले दक्षिणी चीनको तट र दक्षिण चीन सागरको उत्तरी भागमा वर्षा र हावाहुरी ल्याइरहेको छ।

यो न्यून चापीय रेखा अर्को हप्ताको मध्य सातासम्म यस क्षेत्रमा रहने र मौसम अस्थिर रहने अनुमान गरिएको छ।

आजको मौसम पूर्वानुमान अनुसार देशका अधिकांश स्थानमा सामान्य बदली रही मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ । वर्षा सुरुमा भारी हुनेछ।





Comments

comments

124590