हङकङमा नेपालीमाथि छुरी प्रहार

फोटो: जहाँ नेपालीमाथि छुरी प्रहार भएको थियो।

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १७ अगष्ट। हङकङमा आज बिहान एक नेपालीमाथि छुरी आक्रमण भएको छ।

स्थानीय मिडियाका अनुसार याउ मा तेई मा बिहान ११ः३८ बजे हङकङको परिचयपत्रबाहक एक ५० वर्षीय नेपाली पुरुषमाथि अकस्मात छुरी प्रहार भएको हो।

पीडितको हात काटेर रगत बगेपछि उनका साथीहरूले प्रहरीलाई खबर गरेका थिए।

उद्धारकर्ताहरुले घाइते पीडित नेपालीलाई उपचारका लागि अस्पताल पुर्‍याएका थिए।

प्रहरीले घटनाको कारण र संलग्नहरुको खोजी गरिरहेको छ। स्रोतका अनुसार छुरी आक्रमण गर्ने नेपाली नै रहेको बताइएको छ।





Comments

comments

124782