नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। ब्लड डोनर्स अफ अमेरिका बीडीएको बार्षिक केन्द्रीय साधारण सभा नेभाडाको लस भेगासमा सम्पन्न भएको छ ।
गत शनिबार अगष्ट १७ का दिन होटेल पालेश स्टेसनको सभा कक्षमा विभिन्न राज्यहरुबाट आएका सहभागीहरुबिच सम्पन्न भएको हो । बीडीएको इतिहासमा पहिलो पटक सदस्यहरु प्रत्यक्ष उपस्थित भै सम्पन्न बार्षिक साधारण सभा बिहान १० बजेदेखि बेलुका ५.३० बजेसम्म संचालन भएको थियो ।
अध्यक्ष भुषणलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रम महासचिब डा. सिरोज पोखरेले संचालन गरेका थिए । अध्यक्ष भुषणलाल श्रेष्ठ र पूर्व अध्यक्ष डा. नन्दन रेग्मीद्धारा संयुक्त रुपमा पानसमा बत्ति बालेर कार्यक्रम उद्धाटन गरेपछि अध्यक्ष्य श्रेष्ठले सम्पूर्ण उपस्थित सहभागीहरुलाई स्वागत गरेका थिए ।
कार्यक्रमको पहिलो सत्रमा उपस्थित सहभागीहरुको माझ वर्तमान कार्य समितिका केन्दीय सदस्य तथा टेक्सास राज्यका चाप्टर अध्यक्ष्य अजय बगालेले बिडिए टेक्सास क्षेत्रको गतिविधिहरुको बारेमा बिस्तृत रुपमा चर्चा गरेका । त्यस्तै कार्यक्रमका अथितीका गैरआवासीय नेपाली असोसिएसन एनआरएनएका केन्द्रीय सदस्य बलबहादुर राईले कार्यक्रमको सफलताको कामना गर्दै आयोजकलाई धन्यवाद दिएका थिए । त्यस्तै अर्का अतिथि संस्थाका आजीवन सदस्य तथा कोलोराडोस्थित स्थानीय लोकप्रिय संस्था नेपाली घरका उपाध्यक्ष्य गंगा चौलागाईंले कार्यक्रममा सहभागीहुन पाएकोमा आयोजकलाई धन्यवाद दिंदै बीडीएले कोलोराडोमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए । यसैगरी साधारण सभालाई सफल बनाउन सहयोग पुर्याउनुहुने एनआरएनएका चाप्टर अध्यक्ष्य दुर्गा प्याकुरेल, ब्यबस्थापन समितिका संयोजक तथा संस्थाका उपाधक्ष्य टीका पौडेल, बिशेष सहयोग गर्नुहुने केन्द्रका सदस्य झमक निरौला , उपाध्यक्ष्य शारदा श्रेष्ठलगायत यस कार्यक्रमलाई प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पुर्याउनु हुने सबैलाई कार्यसमितिका बरिष्ठ उपाध्यक्ष्य शिव काफ्लेले धन्यबाद ज्ञापन गरेका थिए ।
कार्यक्रमको दोस्रो चरण बन्द सत्रमा उपस्थित सभागीहरुलाई स्वागत गर्दै बीडीएका उपाध्यक्ष टीका पौडेलले कार्यक्रमको उद्देश्य र आशाधित उपलब्धिको बारेमा प्रकाश परेका थिए । महासचिव डा. पोखरेलद्वारा प्रस्तुत एजेन्डालाई सर्बसम्बत पारित गरेर सुरुगरिएको उक्त बन्द सत्रमा चाप्टरका गतिविधिहरुका बारेमा टेक्सास र कोलोराडो राज्यका उपाध्यक्ष्यहरु क्रमश सन्तोष कार्की तथा शर्मिला शर्माले चर्चा गरेका थिए ।
त्यसैगरी कोषाध्यक्ष श्रीराम लुइँटेलद्वारा प्रस्तुत गरेको केन्द्र र चाप्टरहरु बिचको आर्थिक कारोबारको मोडेलबारे केही बुदाहरुमा छलफल भै सर्बसम्बतबाट पास गरिएको थियो । कोषाध्यक्ष लुइँटेलले प्रस्तुत गरिएको आर्थिक प्रतिबेदन , महासचिव डा. पोखरेलद्वारा प्रस्तुत बार्षिक प्रतिबेदन र अध्यक्ष्य श्रेष्ठद्वारा प्रस्तुत बीडीएको आगामी कार्यदिशा छलफलपछि पारित गरिएको थियो । सोही अबसरमा बीडीएको नेवाडा स्टेट चाप्टर पनि गठन गरिएको छ । राज कुमार धिमालको अध्यक्षतामा गठन उक्त चाप्टरका अन्य सदस्यहरुमा सोमनाथ राना ,चित्र न्यौपाने , बल राई र दुर्गा प्याकुरेल रहेका छन । कार्यक्रममा नवनिर्वाचित चाप्टर सदस्यहरुलाई केन्द्रीय अध्यक्ष्य भुषण लाल श्रेष्ठले शपथ गराएका थिए ।
कार्यक्रममा पूर्व अध्यक्ष्य डा. रेग्मीले ब्लड डोनर्स अफ अमेरिकाको बिगत , वर्तमान र भविष्यको बारेमा बिस्तृत रुपमा चर्चा गरेका थिए । संस्थाको आगामी महाधिवेशन म्यासाचुसेट्स राज्यको बोस्टनमा २०२५ को जुन र जुलाईमा सम्पन्न गर्ने निर्णय पारित गर्दै साधारण सभा सम्पन्न भएको उपाध्यक्ष टिका पौडेलले बताएका छन्।