न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २६ अगष्ट। हङकङका मार्शल आर्ट अभिनेता ज्याकी च्यानले पेरिस प्याराओलम्पिक उद्घाटन समारोहअघि टर्च बोक्ने भएका छन्।
ज्याकी च्यान आइतबार पेरिसमा प्यारालम्पिकको उद्घाटन समारोहको नेतृत्वमा मशालवाहकहरू मध्ये एकको रूपमा नामित भएका हुन्।
आफ्नो स्टन्ट र एक्रोबेटिक लडाई दृश्यका लागि परिचित ७० वर्षीय च्यानले उद्घाटन समारोहको केही घण्टाअघि बुधबार दिउँसो फ्रान्सको राजधानीमा ज्वाला बोक्ने आयोजक समितिले घोषणा गरेको छ।
सो समारोहमा सफ्रान्सेली अभिनेत्री एल्सा जिल्बर्सटेन र डान्सर/कोरियोग्राफर बेन्जामिन मिलेपिडले पनि टर्च रिलेमा भाग लिनेछन्।