कोलोराडोमा कृष्ण जन्मअष्टमीको अवसरमा भजन कीर्तन तथा प्रवचन कार्यक्रम सम्पन्न

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। कृष्ण जन्माष्टमीको पावन अवसरमा कोलोराडोस्थित नेपाली सांस्कृतिक केन्द्र नेपाली घर गायत बिभिन्न मन्दिरहरूमा पूजा आरती, भजन कीर्तन तथा प्रवचनसंगै भब्यरूपमा जन्माष्टमी मनाइएको छ ।

कोलोराडोमा सक्रिय नेपाली भाषी समुदायको साझा संस्था नेपाली घरको अयोजनामा नेपाली सांस्कृतिक केन्द्र नेपाली घर, सनातन मन्दिर ब्राइटन, कृष्ण मन्दिर डेनभर, सनातन मंन्दिर सेन्टेनियल लगायतका स्थानमा पूजा आरती, भजन कीर्तन तथा प्रवचन गर्दै भव्यताका साथ कृष्ण जन्म अष्टमी मनाइएको हो ।

सोमबार सांझ ६ बजे देखि राति ९ बजेसम्म नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आयोजित पूजा आरती, भजन कीर्तन तथा प्रवचन कार्यक्रममा पण्डित जीवन बराल गुरूले सुमधुर भक्तिसंगीतसंगै कृष्णले कसरी कुन परिस्थितीमा पृथ्वीमा जन्म लिनु भएको थियो भन्ने कथा उपस्थित भक्त श्रद्धालु माझ प्रष्टाउनु भएको थियो । त्यसैगरी भजन समूहका संयोजक यमप्रसाद पौडेलको संयोजन आएको भजन समूह र महिला दिदीबहिनी समूहले भजन कीर्तनमा गुरूलाई सघाएका थिए ।

नेपाली भाषी संघ संस्थाका प्रतिनिधि, गन्यमान्य, बुद्धिजीवी, समाजसेवी, तथा नेपाली भाषी आमाबुबा, दाजुभाई, दिदिबहिनीहरुको सहभागीता रहेको कार्यक्रममा १३ बर्षीया प्रेयांका श्रेष्ठले आफ्नो जन्मोत्वसवको उपलक्ष्यमा आफूले पिगी बैंकमा जम्मा गरेको १ सय १३ डलर नेपाली सांस्कृतिक केन्द्र नेपाली घरको सहयोगार्थ नेपाली घरका अध्यक्ष बसन्त लम्साललाई हस्तान्तरण गरेकी थिईन्।

त्यसैगरी रकी माउन्टेण्ड फ्रेन्डस् अफ नेपालका उपाध्यक्ष तथा समाजसेवी बिकास त्रीपाठी तथा ब्लड डोनर्स अफ अमेरिका कोलोराडो च्याप्टरका अध्यक्ष डा.शारदा त्रीपाठीले १६ बर्ष अगाडि आफूहरु कृष्ण अष्टमीकै दिन अमेरीका आइपुगेका थियौ भन्दै नेपाली सांस्कृतिक केन्द्र नेपाली घरको सहयोगार्थ थप ५ सय ५ डलर सहयोग अध्यक्ष लम्साललाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रमको अन्त्यमा नेपाली घरका अध्यक्ष बसन्त लंसालले कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।





Comments

comments

125775