Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गायिका पबिता परियारको “जलायो निष्ठुरीको मायाले” (भिडियोसहित)

एचकेनेपाल डट कम संवाददाता –
बिदेशमा रहेर पनि नेपाली गीत, संगीतलाई उत्तिकै माया गर्ने एक परिचित नाम हो “पबिता परियार” ।

उदयपुरको गाईघाटमा जन्मेर सन् २००८ देखि अमेरिकामा बस्दै आएकी गायिकाको स्वरमा सजिएको “दीप” एल्बम भर्खरै मात्र अमेरिकाको न्यूयोर्कमा सार्बजनिक गरिएको छ।

त्यसै एल्बममा समाबेश ‘जलायो निष्ठुरीको मायाले जलायो’ बोलको गीत युट्युब मार्फत सार्बजनिक गरेका छन्। गीतमा शब्द गीता खत्री र संगीत जय कुमारको रहेको छ । पर्दामा रीमा र प्रबीणको अभिनय रहेको उक्त गीतलाई बिदुर पाण्डेले खिचेका छन् भने प्रसन्नको निर्देशन र टेकेन्द्र शाहले सम्पादन गरेका छन् । उक्त एल्बमलाई जय म्यूजिकले बजारमा ल्याएको हो ।

भिडियो हेर्नुहोस्:





Comments

comments

Leave a Reply

12589