गेस्ट हाउसमा एक जनाको शव फेला

काठमाडौँ, काठमाडौं महानगरपालिका-११ भोटेबहालस्थित एक गेस्ट हाउसमा मंगलबार दिउँसो एक जनाको शव भेटिएको छ।

गेस्ट हाउसको तीन तलाको कोठ नम्बर ८ मा यही भदौ २२ गतेदेखि बस्दै आएका सर्लाहीको हरिपुर नगरपालिका–८ घर भएका ६५ वर्षीय शशीकुमार लाल कर्ण मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

शव पोस्टमर्टमका लागि पठाइएको र टनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

126056