क्वाई चुङ अस्पतालको बाथरुमभित्र यौन दुर्व्यवहार: एक पुरुष पक्राउ

फाइल फोटो

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १५ सेप्टेम्बर। क्वाई चुङ अस्पतालमा एक ४० वर्षीय पुरुष बिरामीलाई अर्का २६ वर्षीय बिरामीसँग गैरसहमतिमा यौन क्रिया गरेको आरोपमा पक्राउ गरिएको छ।

घटना शुक्रबार, सेप्टेम्बर १३, राति करिब ९:३० बजे भएको हो। अस्पतालले गएराति जानकारी दिएको छ कि एक नर्सले पुलिसलाई बोलाएर बिरामीहरू मध्ये एकलाई गिरफ्तार गराइएको थियो।

अस्पतालको बाथरुममा दुईजना पुरुष बिरामीले अभद्र व्यवहार गरेको आशंकामा यो गिरफ्तारी भएको हो। पक्राउ परेका ४० वर्षीय बिरामीलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ।

घटनामा संलग्न दुई जना मानसिक रोगी रहेको बुझिएको छ। अस्पतालले घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै संलग्न बिरामीलाई फरक वार्डमा छुट्याएको छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

126148