उपसभामुख इन्दिरा राना: महिलाको सशक्तिकरणका लागि रूसको फोरममा

काठमाडौं, उपसभामुख इन्दिरा राना रुस प्रस्थान गरेकी छन्।

असोज २ देखि ४ गतेसम्म रूसको सेन्टपिटर्सवर्गमा हुने ‘चौथो युरेसियन महिला फोरम’मा सहभागी हुन उनी मंगलबार संयुक्त अरब इमिरे्सको दुवईतर्फ प्रस्थान गरेकी हुन्।

त्यहाँबाट राजधानी मस्को हुँदै सेन्टपिटर्सवर्ग पुग्ने कार्यक्रम छ।

रूसी महासङ्घ र इन्टरपार्लियामेन्ट्री एसेम्बली अफ द कमनवेल्थ अफ इनिडपेन्डेन्ट स्टेट्सले आयोजना गरेको फोरमलाई उनले असोज ३ गते सम्बोधन गर्ने कार्यक्रम रहेको उपसभामुखको निजी सचिवालयले जनाएको छ।

उनी असोज ५ गते स्वदेश फर्कने कार्यक्रम छ।





Comments

comments

126193