आइजिपी कुँवर ग्रीस प्रस्थान

काठमाडौं, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर ग्रीस प्रस्थान गरेका छन्।

एथेन्समा आयोजना हुने ३८औंँ अन्तर्राष्ट्रिय लागुऔषधसम्बन्धी कार्यक्रममा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन्।

प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादर कार्कीका अनुसार यही असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने सम्मेलनमा आइजिपी कुँवरका साथै वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्य पनि ग्रीस गएका हुन्।

प्रहरी महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू लगायत प्रहरी वरिष्ठ अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए।

प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन्। रासस





Comments

comments

126346