Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बुद्धजयन्तीको अवसरमा कोलोराडोमा शान्ति र्याली

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरीका । २५६० औं बुद्धजयन्तीको अवसरमा कोलोराडोको डेनभर डाउनटाउनमा आइतवार शान्ति र्याली प्रदर्शन गरिएको छ ।


तस्वीरः नातिबाबु भट्ट / एचकेनेपाल डट कम

कोलोराडोमा सक्रिय संघ संस्थाको आयोजनामा बुद्धको जन्मभूमि नेपाल हो भन्ने विश्वलाई चिनाउन तथा बुद्धको शान्ति सन्देश संसारभर फैलाउन शान्ति र्यालीको आयोजना गरिएको हो ।

शान्ति र्याली शुरु हुनुअघि डाउनटाउनस्थित स्काईलाइन पार्कमा बौद्धगुरु अक्कल तमाङले बुद्धको बिशेष पूजा गरेका थिए । बिशेष पूजापछि सोही स्थानबाट सुरु भएको र्याली सिक्सटिन स्टिड महल हुदै सिविक सेन्टर पुगी पुनः स्काईलाईन पार्कमा आई कोण सभागरी बिसर्जन गरिएको थियो ।

र्यालीमा सहभागीहरुले नेपालको झण्डा, बुद्धको प्रतिमा, बुद्धको तस्विर, ध्वजा पतंगा लिएर धिमे बाजाको तालमा नगर परिक्रमा गरेका थिए । र्यालीको क्रममा स्थानीयहरुले ताली बजाएर तथा हात हल्लाएर समर्थन गरेका थिए ।

रकी माउण्टेन फ्रेन्डस् अफ नेपालको सकृयतमामा नेपाली घर, तमुधि कोलोराडो, तमु प्ये ल्हु, एनआरएन, जनसंम्पर्क समिति, अन्तर्राष्ट्रिय साहित्य समाज, प्रवासी नेपाली मन्च, नेवा खःल, नेःवा डबु, बिआरटी नेपाल, संखुवा सभा समाज लगायतका संघ संस्थाहरुको आयोजनामा शान्तिर्याली सम्पन्न भएको हो ।

र्यालीपछिको कोण सभालाई रकी माउण्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष शरद आचार्य, नेपाली घरका अध्यक्ष योगराज गौतम, तमुधि अध्यक्ष चन्द्रबहादुर गुरुङ, एनआरएन अध्यक्ष बासुदेब खनाल, जनसंम्पर्क समितीका अध्यक्ष गणेशराज भण्डारी, संखुवा सभा समाजका अध्यक्ष शान्ति श्रेष्ठ, समाजसेवी अरुण गुरुङ बौद्ध गुरु अक्कल तमाङले ससम्बोधन गरेका थिए ।

उनीहरुले बुद्धको जन्मभूमि नेपाल हो भन्ने विश्वलाई चिनाउन तथा बुद्धको शान्ति सन्देश संसार भर फैलाउन आयोजित कार्यक्रममा सहभागी भई कार्यक्रम सफल बनाउन सहयोग पुर्याएकोमा सहभागी सबैलाई धन्यबाद दिएका थिए ।

कार्यक्रमको अन्तमा शान्ति र्यालीलाई सफल पार्न सकृय रुपमा लागि परेको भन्दै बौद्धगुरु अक्कल तमाङले रकी माउण्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष शरद आचार्यलाई खादा पहिर्याई सम्मान गरेका थिए ।

थप तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

12636