झापामा ट्रक आगजनी प्रकरण: प्रसाईंका दुई समर्थक पक्राउ

काठमाडौं, दुई वटा भारतीय नम्बर प्लेटका ट्रकमा आगजनी गरेको आरोपमा प्रहरीले दुर्गा प्रसाईंका दुई जना समर्थकलाई पक्राउ गरेको छ।

-

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं डिएसपी कृष्ण चन्दका अनुसार, पक्राउ पर्नेहरूमा हल्दीवारी गाउँपालिका-१ का ४० वर्षीय भीम लिम्बू तुम्वापो र बिर्तामोड नगरपालिका-७ का ३९ वर्षीय विजय चौधरी रहेका छन्।

कन्काई नगरपालिका-८ स्थित पूर्वपश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा युपी ५७ एटी ४४९३ नम्बरको ट्रक र बिर्तामोड नगरपालिका ६ गिरीबन्धु टी इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा डब्लुबी ७३ इ ३०५६ नम्बरको ट्रकमा आगजनी भएको थियो।

आगजनीबाट घाइते भएका दुवै ट्रक चालकहरूको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

पक्राउ परेका दुवै व्यक्तिमाथि अपराधिक उपद्रव र ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ। केही अन्य संदिग्ध व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।





Comments

comments

126390