ठकुरीको छोरालाई राजा बनाएर भए पनि राजसंस्था ब्यूँताउनुपर्छ

मुक्तिनाथ धामका पिठाधिश स्वामी कमलनयनाचार्यले हिन्दुधर्मको रक्षाका लागि राजसंस्था पर्काउनुपर्ने बताएका छन्।

उनले राजसंस्था नफर्किएसम्म हिन्दु धर्मको रक्षा गर्न समस्या भएको बताए। गणतन्त्र स्थापनापछि हिन्दुधर्मको संरक्षणमा समस्या देखिएको उनको भनाइ छ।

सुनसरीको इटहरीमा पत्रकारसँग कुरा गर्दै कमलनयनाचार्यले गणतन्त्र स्थापना पश्चात गठन भएका सरकारले हिन्दु धर्मको रक्षा र सम्वर्द्धनमा कुनै चासो नदेखाएको भन्दै जनताले चाँहे तत्काल राजसंस्था फर्कने दाबी गरेको खबर आजको अन्नपूर्ण पोष्टमा छापिएको छ।

स्वामी कमलनयनाचार्यले ८५ प्रतिशत हिन्दु भएको देशमा धर्मनिरपेक्षता घोषणा गरेर गणतन्त्र स्थापना भएका सरकारले गलत काम गरेको भन्दै हिन्दु राष्ट्रका लागि देशभर अभियान संचालन गर्ने चेतावनी दिए।

उनले जनआन्दोलन पश्चात सात राजनीतिक दलले हटाएका पूर्वराजा ज्ञानेन्द्रलाई नै राजा बनाउँनुपर्छ भन्नेमा आफू नरहे पनि हिन्दु राष्ट्र हिन्दु धर्मको रक्षाका लागि राजसंस्था ब्युताउनु पर्ने बताए।

उनले गरिब ठकुरीको छोरालाई राजा बनाएर भए पनि राजसंस्था ब्यूँताउनु पर्ने धारणा राखे।





Comments

comments

Leave a Reply

12645