सुनसान छ बीपी राजमार्ग

तस्वीर : राधिका बुढाथोकी / रासस

कमलामाई (सिन्धुली) । यातायातका साधनले व्यस्त हुने विपी राजमार्ग यतिबेला सुनसान जस्तै छ । राजमार्ग छेउका होटल ठप्प जस्तै छन् । गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिराले राजमार्गमा ठूलो क्षति गरेपछि सवारीसाधन चल्न सकेका छैनन् ।

सिन्धुलीसहित पहाडी जिल्ला र पूर्वी नेपाललाई संघीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीको राजमार्ग बाढीपहिरोले क्षतविक्षत छ । रोशी र सुनकोसी नदीमा आएको बाढीले कतै सडक बगाएको छ, कतै सडक भासिएको छ । कतै चिराचिरा परेको छ ।

गोलञ्जोर गाउँपालिकाको माथिल्लो बारादेखि नेपालथोक दुम्जासम्मको सडकमा मात्रै ४० ठाउँमा लेदोमाटो, गेग्रान र ढुंगामाटो खसेको छ । नेपालथोक दुम्जा, टुप्पीडाँडा, कमेरेफाँट झाँगाझोली रातमाटा, बोहोरेटार, माथिल्लो बारा, तल्लोबारालगायत स्थानमा खसेको पहिरो पूर्ण रुपमा पहिरो हटाउन सकिएको छैन । सडकमाथिबाट खसेको पहिरो थुप्रो लागेको छ ।

राजमार्गका ठाउँठाउँमा सडकमाथिबाट बेलाबेलामा ढुंगा, लेदोमाटो झरिरहन्छ । कतिपय भिरका रुखहरू सडकतर्फ नै ढल्किएका देखिन्छन् । जापान सरकारको सहयोगमा १९ वर्ष लगाएर बनाइएको राजमार्ग तीन दिनको वर्षाले तहसनहस बनाइदिएको छ । रासस





Comments

comments

126576