विदेशमा महिलाको चरित्र हत्या गर्ने युवक नेपाल फर्कनासाथ पक्राउ

काठमाडौँ । विदेशमा रहँदा महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवक नेपाल फर्किएलगत्तै पक्राउ परेका छन् ।

सुर्खेतको गुर्भाकोट नगरपालिका-५ का २९ वर्षीय खगेन्द्र यरीलाई मलेसियाबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

आरोपित यरीले सामाजिक सञ्जालमा एक महिलासँग मित्रता गाँसी म्यासेन्जर मार्फत गोप्य तस्बिरहरू आदान-प्रदान गरेको र त्यसपछि नक्कली सामाजिक सञ्जाल खाता बनाएर ती तस्बिरहरू पीडितका आफन्त र साथीभाइलाई पठाई चरित्र हत्या गरेको उजुरी प्रहरीमा परेको थियो ।

साइबर ब्युरोले २०७९ वैशाख २३ गते नै यरीविरुद्ध मुद्दा दर्ता गरेको थियो ।

तर उनी फरार रहेकाले इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएको थियो । बुधवार नेपाल फर्किँदै गर्दा उनलाई पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको साइबर ब्युरोले जनाएको छ ।





Comments

comments

126619