अपडेटः जीप दुर्घटनामा दिदीभाइको मृत्यु, २८ घाइते

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोतीमा भएको एक दुःखद जीप दुर्घटनामा दुई जनाको ज्यान गएको छ र २८ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जेसी शाहका अनुसार, दुर्घटना कावासोती–१ बालुवाडाँडास्थित भित्री सडक खण्डमा भएको थियो। बा.प्र.०७ ००१ज ००२० नम्बरको जीप बुलिङटारबाट कावासोतीतर्फ आउँदै गर्दा सडकको मोडबाट तल खसेको थियो।

दुर्घटनाको शिकार भएकाहरूमध्ये बुलिङटारका दिदीभाइ पवित्रा मर्सांगी र पवन मर्सांगीको दुःखद निधन भएको छ। घाइतेहरूलाई तत्काल नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका लागि लगिएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले जीपमा क्षमताभन्दा बढी यात्रु बोकिएकोले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।





Comments

comments

127103