पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
गत शुक्रबार काठमाडौंबाट गिरफ्तार गरिएका लामिछानेलाई तत्काल पोखरा लगिएको थियो। शनिबार सार्वजनिक बिदा परेकोले आइतबार मात्र उनलाई अदालत लगिएको थियो, जहाँ प्रहरीले अनुसन्धानका लागि म्याद माग गरेको थियो।