अपडेटः हङकङमा त्रामी टाईफूनको खतरा, स्ट्यान्डबाई सिग्नल नं. १ जारी..!

अपडेटः टाईफून स्ट्यान्डबाई सिग्नल नं. १ जारी

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २५ अक्टोबर। हङकङ वेधशालाले आज बिहान १:४० बजे स्ट्यान्डबाई सिग्नल नं. १ जारी गरेको छ। यसको अर्थ हङकङबाट लगभग ८०० किलोमिटर भित्र केन्द्रित एउटा उष्णकटिबन्धीय चक्रवातले हङकङलाई प्रभावित गर्न सक्ने संकेत हो।

वेधशालाले सर्वसाधारणलाई गतिविधिहरू योजना बनाउँदा मौसममा आउने परिवर्तनहरूलाई ध्यानमा राख्न अनुरोध गरेको छ। साथै, समुद्री क्षेत्रमा तेज हावा चल्न सक्ने भएकोले सावधानी अपनाउन पनि सुझाव दिइएको छ।

यो चेतावनीले आगामी दिनहरूमा मौसममा आउन सक्ने परिवर्तन र सम्भावित प्राकृतिक विपत्तिको पूर्व सूचना दिएको छ। स्थानीय बासिन्दाहरूलाई आवश्यक सावधानी अपनाउन र अधिकृत निकायहरूबाट जारी हुने थप जानकारीहरूको लागि सतर्क रहन अनुरोध गरिएको छ।

प्रतीकात्मक तस्विर

हङकङमा त्रामी आँधीको खतरा: स्ट्यान्डबाई सिग्नल नं. १ जारी हुने..

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २४ अक्टोबर। हङकङ वेधशालाले आज राति १० बजेदेखि भोलि बिहान ४ बजेको बीचमा स्ट्यान्डबाई सिग्नल नं. १ जारी गर्ने जनाएको छ। ट्रोपिकल साइक्लोन त्रामी आँधी हङकङतर्फ नजिकिँदै गरेको कारण यो चेतावनी जारी गर्न लागिएको हो।

वेधशालाका अनुसार त्रामी बिस्तारै हैनानतर्फ बढ्दै छ र बिहीबार राति वा शुक्रबार बिहानसम्ममा हङकङको ८०० किलोमिटर नजिक आइपुग्ने अनुमान गरिएको छ। आँधीको गतिविधि र स्थानीय हावाको अवस्था हेरी शुक्रबार वा शनिबार उच्च स्तरको टाइफुन सिग्नल जारी हुन सक्ने सम्भावना रहेको वेधशालाले जनाएको छ।

वेधशालाले त्रामी हैनान नजिकै रहने वा अर्को हप्ताको सुरुमा दक्षिण चीन सागरको मध्य र उत्तरी भागतर्फ पूर्वी दिशामा सर्न सक्ने अनुमान गरेको छ। स्थानीय बासिन्दाहरूलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।





Comments

comments

127235