“साइँली”: किसन राईको स्वरमा नयाँ प्रेम गीत (भिडियोसहित)

न्युज डेस्क / एचकेनेपाल डट कम –
काठमाडौं, गायक किसन राईको मधुर स्वरमा नयाँ गीत ‘साइँली’ दर्शक / श्रोताहरूको माझमा आएको छ। यो गीत प्रेमको मिठास र युवा हृदयको धड्कनलाई प्रस्तुत गर्दछ। डि. आर. अटुद्वारा रचित र संगीतबद्ध यस गीतलाई राजु कार्कीले एरेन्ज, मिक्सिङ र मास्टरिङ गरेका छन्।

निर्मल कुमार लामा (बिजी) को निर्देशनमा तयार भएको यस गीतको भिडियोमा नायिका एलिसा राई र गायक किसन राई स्वयंले अभिनय गरेका छन्। लिम्दुनी क्रियसन रेकर्डिङमा रेकर्ड गरिएको यो गीतको भिडियो किसन राई अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ।

पवन सुस्लिङको छायाँकन, सम्पादन र कलरिङमा तयार भएको यस भिडियोले साइँलीको चञ्चलता, सौन्दर्य र जीवनशैलीलाई प्रस्तुत गर्दै युवाहरूको आकर्षणलाई दर्शाउँछ। यसअघि गायक किसन राईले सन् २०२३ को अक्टोबर महिनामा ‘यो मन मेरो दोमन भो’ नामक गीत र भिडियो यसै च्यानल मार्फत सार्वजनिक गरेका थिए।





Comments

comments

127291