हङकङमा दक्षिण एशियाली व्यक्तिद्वारा १० लाख हङकङ डलर मूल्य बराबरको घडी लुटपाट..

घडीको नमूना फोटो

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २७ अक्टोबर। हङकङको शेउङ वान क्षेत्रमा एक ३० वर्षीय पुरुषमाथि आक्रमण गरी उनको बहुमूल्य रोलेक्स घडी लुटिएको छ। घटना आज बिहान करिब ५ बजे भएको थियो।

पीडित यिप नामक व्यक्ति लान क्वाई फोङमा साथीहरूसँग रमाइलो गरेर फर्किंदै गर्दा, मोरिसन स्ट्रिटमा एक दक्षिण एशियाली व्यक्तिले उनलाई अचानक मुक्काले हान्यो र करिब १० लाख हङकङ डलर मूल्यको घडी खोसेर भागेको स्थानीय मिडियाले बताएको छ।

घाइते यिपले साथीहरूलाई फोन गरेपछि उनीहरूले प्रहरीमा उजुरी दिएका थिए। प्रहरीले यस घटनालाई ‘डकैती’ को रूपमा वर्गीकरण गरेको छ र अहिलेसम्म कोही पक्राउ परेको छैन।





Comments

comments

127301