Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
केरुंगको अध्यक्षतामा नाम नेपाल पाँचथर च्याप्टर गठन – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

केरुंगको अध्यक्षतामा नाम नेपाल पाँचथर च्याप्टर गठन

पाँचथर, फिदिमस्थित चुम्लुंग हिममा भएको नाट्यकर्मी महासंघ पाँचथर च्याप्टरको जिल्ला अधिवेशनले सागर केरुंगको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।

महासंघका केन्द्रीय महासचिव राजेन्द्र रिमालको प्रमुख आतिथ्यमा भएको अधिवेशनले उपाध्यक्षमा कमल घिमिरे, सचिव दीपक खनाल, कोषाध्यक्ष सुनीता सांवा र सदस्यहरु राज दीलाञ्जली, बन्दना सिग्देल, लक्ष्मण गजुरेल, विवस माबो, कविता चापागाईंलाई निर्विरोध निर्वाचित गरेको छ।

अधिवेशनको उदघाटन गर्दै महासचिव रिमालले महासंघको आगामी योजनाहरु प्रष्ट पार्दै राज्य यो क्षेत्रप्रति उदासिन रहेको बताए । नाटकलाई सम्बोधन गर्ने सरकारी निकाय नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान एउटा नीजि क्लब जस्तै गरी चलेको भनी आलोचना गरे । प्रतिष्ठानले आयोजना गरेको नाटक महोत्सव सुनियोजित रहेको टिप्पणी गरे । उनले नाट्य संस्थाहरु जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता ऐन ०३४ अन्तर्गत दर्ता हुनु पर्ने प्रावधान नाट्य संस्थाहरुका लागि विरोधाभाषपूर्ण रहेको बताए । नाट्यसंस्थाहरु विशुद्ध सामाजिक सेवा गर्ने गैरसरकारी संस्था नभएको तथा उक्त ऐन एनजिओलाई ध्यानमा राखेर बनाईएकोले व्यवहारमा अनेकन कठीनाई आईपर्ने गरेकोले यसका लागि संस्कृति विभाग वा त्यस्तै निकायमा दर्ता गर्ने छुट्टै ऐनको आवश्यकता भएको बताए ।

कार्यक्रममा सुनसरी च्याप्टरका निवर्तमान अध्यक्ष विशाल भण्डारीले कलाकारको सम्मान हुनु पर्ने व्यक्त गरे । उनले सम्मान सामाजिक मात्र नभएर आर्थिक पनि हुनु पर्ने भन्दै कुनै पनि कलाकारले बिना पारिश्रमिक प्रतिभा प्रस्तुत नगर्न आग्रह पनि गरे ।

कार्यक्रममा पुराना नाट्यकर्मी डि.एम. कन्दङवाले पा“चथरमा २०१२ साल देखि नै नाटक मञ्चन हुन थालेको भए पनि त्यसको अभिलेखिकरण नभएको बताउ“दै यो क्षेत्रको गतिविधि समेटेर पुस्तकको रुपमा प्रकाशन गर्नु पर्ने आवश्यकता औंल्याए ।

त्यस्तै अर्का नाट्यकर्मी प्रेम ओझाले पा“चथरमा थिएटर हुनु पर्नेमा जोड दिए । कार्यक्रममा स्थानीय राजनैतिक दलका प्रतिनिधिहरुले नाट्यकर्मको विकासका लागि आ—आफ्नो पार्टीको तर्फबाट गर्नु पर्ने योगदानका लागि आफुहरु सदैव तयार रहेको बताए । उनीहरुले परिवर्तित राजनैतिक सन्दर्भ, नया“ संविधान आदिका बारेमा पनि नाट्यकर्मीहरुको भुमिका रहने भएकोले त्यो क्षेत्रमा पनि सोच्न नाट्यकर्मीहरुलाई आग्रह गरे ।

कार्यक्रममा पाँचथरका कविहरुले कविता वाचन गरेका थिए । अधिवेशनले डि.एम. कन्दङवा, प्रेम ओझा, नरेन्द्रराज केरुङ, सुरेन शिशिर केरुङलाई सल्लाहकारका रुपमा मनोनयन गरेको छ । जिल्ला च्याप्टरका अध्यक्ष सागर केरुङको सभापतित्वमा भएको कार्यक्रम एन.बी. अन्जानले सञ्चालन गरेका थिए ।





Comments

comments

Leave a Reply

12759