बागमती म्युजिक अवार्ड: शक्ति बल्लभलाई लाईफ टाईम अचिभमेन्ट अवार्ड

मनोज थापा / एचकेनेपाल डट कम –
नुवाकोट। सुन्दरादेबी संदेश साप्ताहिकको आयोजनामा दोस्रो सुन्दरादेबी सन्देश बागमती म्युजिक अवार्ड भब्यरुपमा सम्पन्न भएको छ । “नेपाली गीत संगीत हाम्रो पहिचान ,संचार संस्थाबाट कलाकार सम्मान हाम्रो अभियान” भन्ने मूल नाराको साथ भएको अवार्डमा लाईफ टाईम अचिभमेन्ट अवार्ड वरिष्ठ संगीतकार शक्ति बल्लभलाई नगद रु ११ हजार १ सय ११ सहित सम्मान गरिएको छ ।

अवार्डमा सर्वोत्कृष्ट आधुनिक गीतकार डा. नबि अधिकारी, सर्वोत्कृष्ट आधुनिक गायक  सन्जिब प्रधान, सर्वोत्कृष्ट आधुनिक गायिका शर्मिला श्रेष्ठ, सर्वोत्कृष्ट आधुनिक  मोडल पुरुष उद्दव नेपाल, सर्वोत्कृष्ट आधुनिक  मोडल रजनी केसी, सर्वोत्कृष्ट आधुनिक भिडियो निर्देशक  निर्मल शर्मा, सर्वोत्कृष्ट आधुनिक संगीतकार प्रलाहद बोगटीले हात पारेका छन । त्यसैगरी सर्वोत्कृष्ट लोकदोहोरी गायक राम थापा शिशिर, सर्वोत्कृष्ट लोकदोहोरी गायिका उमा श्रेष्ठ, सर्वोत्कृष्ट लोकदोहोरी शब्द उद्धव कार्की, सर्वोत्कृष्ट लोकदोहोरी लय माधब थापा, सर्वोत्कृष्ट लोकदोहोरी मोडल पुरुष सुबाश शर्मा रिजाल, सर्वोत्कृष्ट लोकदोहोरी मोडल महिला रश्मी तामांग, सर्वोत्कृष्ट लोकदोहोरी भिडियो निर्देशक होम धिताल र सर्वोत्कृष्ट लोकदोहोरी भिडियो शिवपुरी म्युजिक कम्पनिले हात पारेको छन ।

यसै गरि पब्लिक च्वाइस अवार्ड शोभा त्रिपाठी, ईन्कर्जमेंट अवार्ड मिराज कोइराला र जुरी अवार्ड अमृता लुङ्गेली  मगरले हात पारेका छन । एतिहासिक नगरी नुवाकोटमा संचालन भएको अवार्ड समारोहमा सयौ कलाकार नुवाकोट पुगेका थिए । कार्यक्रममा सुन्दरादेबी संदेश संगीत पत्रकारिता सम्मान म्युजिक खबरका सुमन बैरागी र लोक संचारकर्मी सम्मान शिखर गजरकोटेलाई प्रदान गरिएको छ । साथै कार्यक्रममा आमा सरस्वति गितादेबी फ्लिम्स, जितु नेपाल, निर्देशक उज्ज्वल घिमिरे, सिताराम कट्टेल र कुन्जना घिमिरे लगायतलाई सम्मान गरिएको छ ।

साथै अवार्डको कोषमा रहने गरि पुनर्निर्माण कोष खडा गरिएको छ । धुर्मुस र सुन्तलीको कार्यलाई साथ दिन अनि नागरिक अभियान शुरु गर्न पनि उक्त अभियान थालनी गरिएको अध्यक्ष किरण अधिकारीले जानकारी दिए। साथै आगामी बर्षदेखि अवार्डलाई राष्ट्रिय रुपमा लाने पनि घोषणा गरिएको छ।
 

 





Comments

comments

Leave a Reply

12763