गण्डकी प्रदेशकी सांसद विमला गौचनको आकस्मिक निधन..

पोखरा – गण्डकी प्रदेशकी सांसद विमला गौचनको बुधबार राति काठमाडौंमा निधन भएको छ।

केही दिन अघि डेंगुबाट संक्रमित भएकी गौचनलाई अचानक स्वास्थ्यमा समस्या देखिएपछि ग्राण्डी अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरिएको छ।

म्याग्दी घर भएकी गौचन नेपाली कांग्रेसबाट गण्डकी प्रदेशमा समानुपातिक सांसद थिइन्। यद्यपि उनको मृत्युको आधिकारिक कारण अझै खुलेको छैन, परिवारका सदस्यहरूले हृदयघात भएको अनुमान गरेका छन्।

उनको शव अस्पतालमै राखिएको तथा उनका छोरा अमेरिकाबाट आएपछि अन्त्यष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ।





Comments

comments

127709