हङकङको टिङ काउ पुल मुनि हराएका व्यक्तिको शव फेला..

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १९ नोभेम्बर। आज बिहान हङकङको टिङ काउ पुल मुनि हराएको एक व्यक्तिको शव फेला परेको छ।

Photo: hk.On.cc

केही धावकहरूले आज बिहान ११:२४ बजे चुन वानको क्यासल पिक रोडको टिङ ९ सेक्सनस्थित टिङ काउ पुल मुनि एक व्यक्ति अचेत अवस्थामा फेला परेको प्रहरीलाई जानकारी दिएका थिए। स्थानीय मिडिया एचके अन सीसीका अनुसार उद्धारकर्मीहरू घटनास्थलमा पुग्दा उक्त व्यक्तिको मृत्यु भइसकेको पुष्टि गरिएको थियो।

अनुसन्धान पश्चात् मृतकको नाम चेङ गुआनक्याङ (४० वर्षीय) रहेको पुष्टि भएको छ। उनी गत शुक्रबार बेपत्ता भएका थिए। उनको परिवारले अर्को दिन प्रहरीमा उजुरी दर्ता गराएका थिए।

करिब १.७ मिटर अग्लो र ५४ किलोग्राम तौल भएका, पातलो शरीर, तीखो अनुहार, पहेँलो छाला र छोटो कालो कपाल भएका हराएका व्यक्ति चेङ थिए। उनलाई अन्तिम पटक निलो ज्याकेट, कालो पाइन्ट लगाएको र कालो झोला बोकेको अवस्थामा देखिएको थियो।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

127813