बोस्टन तामाङ समाजद्वारा धुर्मुस–सुन्तली फाउण्डेसनलाई ६ लाख सहयोग

विजय थापा / एचकेनेपाल डट कम –
हास्य कलाकार सिताराम कट्टेल (धुर्मस) र कुन्जना घिमीरे (सुन्तली) को एकीककृत बस्ति अभियानलाई अमेरिकाको बोस्टनमा रहेका तामाङहरुले ६ लाख आर्थिक सहयोग गरेका छन् ।

बोस्टन तामाङ समाजका अगुवा सुवास तामाङ “गोले” को संयोजकत्वमा संकलन गरिएको उक्त रकम मानिक लामा, बिजय तामाङ, प्रेम तामाङ लगायत बोस्टनमा रहेका मनकारी तामाङ समुदायले सहयोग गरेका हुन् ।

उक्त रकम २८ मइका दिन बोस्टनबाट विजय तामाङ र जितेन्द्र श्रेष्ठले सिताराम कट्टेल र कुन्जना घिमीरे फाउण्डेशनको नाममा प्रभुमनि ट्रान्सफरबाट पठाइएका हुन् ।

भूकम्पपछिको पुनर्निर्माणमा स्वस्फुर्तरुपमा लागिरहेका हास्य कलाकार धुर्मस सुन्तलीले यसअघि काभ्रेको डाँडा गाउँमा भूकम्पपीडितका लागि विभिन्न संघ संस्था र मनकारी व्यक्तिहरुको आर्थिक तथा भौतिक सहयोगमा एकीकृत नमुना बस्ति बनाइसकेका छन् ।

हाल उनीहरुले मेलाम्ची ८ को गिरानचौरमा एकीकृत बस्ती अभियान स्वरुप ६५ घर निर्माणमा लागेका छन् । एक घर, एक धारो, एक चर्पि, एक बगैचालगायतको संरचना निर्माण गरेर भूकम्पपीडित स्थानीयलाई हस्तान्तरण गरिने पनि जनाइएको छ ।

उनीहरुले यस अभियानमा आर्थिक तथा भौतिक सहयोग गर्न पनि देश तथा विदेशमा रहेका नेपालीहरुलाई अनुरोध गरेका छन् ।





Comments

comments

Leave a Reply

12785