हङकङमा एकै दिन टुङ चुङ र सेन्ट्रलमा गरी २ जना कामदारको मृत्यु..

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २२ नोभेम्बर। हङकङमा एकै दिनमा टुङ चुङ र सेन्ट्रलमा गरी २ जना कामदारको मृत्यु भएको छ। हङकङको सेन्ट्रलस्थित व्यापारिक भवनमा एस्केलेटर निरीक्षण गर्ने क्रममा १८ वर्षीय प्रशिक्षार्थी कामदारको एस्केलेटर शाफ्टमा खसेर मृत्यु भएको छ।

आज दिउँसो २ बजे सेन्ट्रल स्थित कन्टिनेन्टल ट्रेड सेन्टर, २१-२३ डेस भोएक्स रोड सेन्ट्रलमा लु थरका १८ वर्षीय एक कामदारले तेस्रो तल्लामा एस्केलेटरको निरीक्षण गरिरहेका थिए। उनी एस्केलेटरको खाडलमा खसेर मेसिनका पार्टसमा फसेका थिए। उनका साथीहरूले तत्काल सहयोगको लागि प्रहरीलाई खबर गरेका थिए।

दमकल र एम्बुलेन्स टोलीले घटनास्थलमा पुगेर बेहोस अवस्थामा रहेका घाइते कामदारलाई करिब ३ बजे उद्धार गरेको थियो। टाउकोमा गम्भीर चोट लागेर रक्तश्राव भएका उनलाई अस्पताल लगिएको थियो। तर उपचारको क्रममा उनको मृत्यु भएको पुष्टि भएको छ। प्रहरी र सम्बन्धित विभागका कर्मचारीहरूले दुर्घटनाको कारण अनुसन्धान गरिरहेका छन्।

मृतक व्यावसायिक प्रशिक्षण परिषद्को विद्यार्थी र हिताची कम्पनीको कर्मचारी रहेको बुझिएको छ। एस्केलेटर दोस्रो तल्लाबाट तेस्रो तल्लासम्म जाने थियो। यसै क्रममा एस्केलेटर अचानक चल्न थालेपछि मृतकले सन्तुलन गुमाएर एस्केलेटरको प्रवेशद्वारमा खसेका थिए।

त्यसै गरी, आज नै तुङ चुङमा एक निर्माण कार्यस्थलमा लिफ्टिङ प्लेटफर्ममा फसेर एक कामदारको मृत्यु भएको छ। दिउँसो ३:१८ बजे यिङ तुङ एस्टेटको विपरीत निर्माण स्थलमा ५७ वर्षीय हो नामका कामदार लिफ्टिङ प्लेटफर्ममा फसेर बेहोस भएका थिए।

दमकल विभागले घटनाको जानकारी पाएपछि तत्काल उद्धार कार्य थालेको थियो। उनको शरीरको माथिल्लो भागमा गम्भीर चोट लागेको थियो र उनी बेहोस अवस्थामा थिए। नर्थ लान्टाउ अस्पतालमा उनलाई मृत घोषित गरिएको थियो।





Comments

comments

127872