पोखरा, सङ्गठित अपराध र सहकारी ठगीको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको हिरासत अवधि थप १५ दिन लम्बिएको छ। कास्की जिल्ला अदालतले आज दिएको यो निर्णयले उनको राजनीतिक भविष्य झनै अन्योलमा परेको छ।
न्यायाधीश हिमलाल बेल्बासेको इजलासले लामिछानेसहित छविलाल जोशी, रामबहादुर खनाल र लीला पछाईलाई थप हिरासतमा राख्न अनुमति दिएको छ । अदालतले विभिन्न कारणहरू जस्तै बाँकी रहेको बयान कार्य, थप प्रमाण संकलन र हस्ताक्षर परीक्षणको आवश्यकता देखाउँदै यो निर्णय गरेको छ ।
पूर्व गृहमन्त्री लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट गिरफ्तार भएका थिए।