हङकङबासीले भेट्न पाउंनेछन् डिसेम्बर ८ मा बेइजिङले उपहार दिएको पाण्डाहरूलाई..

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २७ नोभेम्बर। बेइजिङले उपहार दिएको पाण्डाहरू डिसेम्बर ८ मा ओसन पार्कमा सार्वजनिक गरिने भएको छ। ओसन पार्कमा हुने परिचयात्मक समारोहको एक दिनपछि सर्वसाधारणले चीन सरकारले हङकङलाई उपहारस्वरूप पठाएका दुई पाण्डाहरूलाई भेट्न पाउनेछन्।

-

मुख्य कार्यकारी जोन लीले सरकारले आयोजना गरेको नामकरण प्रतियोगितापछि सेप्टेम्बरमा सिचुआनबाट यहाँ आइपुगेका विशालकाय पाण्डाहरूको नाम समारोहमा सार्वजनिक गर्ने बताएका छन्। लीले थपे कि उनी र उनकी श्रीमतीले हालै संस्कृति, खेलकुद तथा पर्यटन सचिव केभिन योङसँग पाण्डाहरूको भ्रमण गरेका थिए।

“हामीले देख्यौं कि जोडी विशालकाय पाण्डाहरू ऊर्जावान र जीवन्त थिए,” उनले सामाजिक सञ्जालमा लेखेका छन्।

लीले जनाए अनुसार लेजर एण्ड कल्चरल सर्भिसेज डिपार्टमेन्टले आयोजना गरेको नामकरण र चित्रकला प्रतियोगितामा उत्साहजनक प्रतिक्रिया प्राप्त भएको थियो।

ओसन पार्कले २ लाख २६ हजार भन्दा बढी नाम सुझाव र ३ हजार कलाकृतिहरू प्राप्त गरेको छ, जसले विशालकाय पाण्डाहरूप्रति जनताको प्रेम झल्काउँछ।

यिङ यिङले अगस्टमा जुम्ल्याहा बच्चाहरू जन्माएपछि हङकङमा हाल रहेका विशालकाय पाण्डाहरूको संख्या ६ पुगेको छ।





Comments

comments

127963