गृहमन्त्रीको नक्कली ‘पीए’ ठगी आरोपमा पक्राउ

काठमाडौँ । गृहमन्त्री रमेश लेखकको ‘पीए’ हुँ भन्दै ठगी गरेको आरोपमा २६ वर्षीय करनसिंह विष्ट पक्राउ परेका छन्।

बैतडीको भुमेश्वर गाउँपालिका–७ का विष्टलाई प्रहरीले काठमाडौँको धुम्बाराहीबाट पक्राउ गरेको हो । उच्च पदस्थ व्यक्तिहरूको नाम प्रयोग गरी ठगी गर्ने गिरोहको सक्रियता बढ्दै गएको प्रहरी अनुसन्धानले देखाएको छ ।

विशेष सूत्रका अनुसार विष्टले विगत केही महिनादेखि विभिन्न व्यक्तिहरूसँग सम्पर्क गरी आर्थिक लाभ लिने प्रयास गरेको खुलेको छ । उनले कतिपय व्यक्तिहरूसँग नोकरी लगाइदिने बहानामा रकम असुली गरेको आरोप छ ।

यस घटनाले सर्वसाधारणलाई सतर्क रहन र कुनै पनि व्यक्तिको पहिचान सुनिश्चित नगरी आर्थिक कारोबार नगर्न प्रहरीले आग्रह गरेको छ । यस्ता ठगी गतिविधिबारे तत्काल प्रहरीलाई सूचना दिन समेत आग्रह गरिएको छ ।





Comments

comments

128128