त्सेउङ क्वान ओ पार्किङ स्थलमा आगलागीः ३५ मोटरसाइकल जलेर नष्ट..

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १२ डिसेम्बर। आज बिहान ४:१७ बजे त्सेउङ क्वान ओको जिनलिङ रोडस्थित काइमिङ कोर्टको काइ फु पेभिलियन नजिकैको मोटरसाइकल पार्किङ स्थलमा आगलागी भएको छ। घटनास्थलमा रहेका ४० मोटरसाइकल मध्ये ३५ वटा जलेर नष्ट भएका छन्।

दमकल विभागले घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो। विभागको अनुसन्धानले कम्तिमा दुईवटा आगोका स्रोत फेला पारेको छ। घटनालाई शंकास्पद मानिएको र यसलाई ‘आगजनी’ को रूपमा वर्गीकृत गरी कानून कार्यान्वयन एजेन्सीहरूलाई अनुसन्धानको लागि सुम्पिएको छ।

स्थानीय बासिन्दाहरूका अनुसार आगलागी हुनु अघि केही युवाहरू त्यस क्षेत्रमा देखिएका थिए। उनीहरूले जानाजान आगो लगाएर भागेको आशंका गरिएको छ। बिहान करिब ९ बजेसम्म घटनास्थल खुला रहेको र सरकारी प्रयोगशालाका कर्मचारीहरूले प्रमाण संकलन गरिरहेका थिए।

यसअघि, यसै वर्षको मार्च १० मा पनि यही स्थानमा चारवटा मोटरसाइकलमा आगो लगाइएको थियो।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

128239