दुःखद खबर: हङकङबाट काठमाडौं जाँदै गर्दा विमानमा अचेत भएका देउमान लिम्बुको मृत्यु..

फाइल फोटो

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २२ डिसेम्बर। हङकङबाट काठमाडौंतर्फ उडिरहेको नेपाल एयरलाइन्सको विमानमा देउमान लिम्बुको अचानक स्वास्थ्य अवस्था बिग्रिएर मृत्यु भएको छ।

ताप्लेजुङका ५३ वर्षीय देउमान लिम्बु विमानमा अचेत भएपछि विमान चालक दलले तत्काल प्राथमिक उपचारको प्रयास गरेका थिए। तर, काठमाडौं विमानस्थलमा अवतरण गरेर केएमसी अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरे।

लिम्बुका आफन्तहरू विमानस्थलमै उनलाई लिन गएका थिए। विमानमा अचेत अवस्थामा फेला परेका लिम्बुको स्वास्थ्य स्थितिबारे तत्काल जानकारी नभएकोले उनलाई तुरुन्तै अस्पताल पुर्याइएको थियो।

लिम्बुको मृत्युको खबरले उनका परिवारजन र साथीभाईहरु शोकमा डुबेको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको र मृत्युको कारण पत्ता लगाउन शव परीक्षण गरिने नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।

फेसबूक

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

128387